काठमाडौं । विदेशबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई अझ सहज, सरल तथा विश्वासिलो बनाउन माछापुच्छ्रे बैंक लिमिटेडले कुवेतस्थित अल मुजैनी एक्सचेन्जसंग सम्झौता गरेको छ ।
बैंकले कुवेतमा रहेका नेपालीलाई नेपालमा रेमिट्यान्स पठाउन सहज होस् भन्ने लक्ष्यका साथ अल मुजैनी एक्सचेन्जसंग सहकार्य गरी विधिवत रुपमा रेमिटेन्स सेवा शुरुवात गरेको हो । कुवेतस्थित होटल मिलेनियम साल्मियामा एक औपचारिक कार्यक्रमको आयोजना गरी अल मुजैनी एक्सचेन्जसंग औपचारिक रुपमा सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ ।
बैंकका अध्यक्ष रोशन केसीको अध्यक्षतामा भएको कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला एवं कुवेतस्थित अल मुजैनि एक्चेन्जका महाप्रवन्धक ह्यु फर्नान्डिसले सम्झौता पत्र हस्तान्तरण गरेका छन् । कुवेतस्थित नेपाली राजदुतावासका लागि कार्यबाहक राजदुत सुजनी राणाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
बैंकले कुवेतमा सो सेवा सुरुवात गरे पश्चात अब कुवेतमा रहेका नेपालीले कुवेतस्थित अल मुजैनी एक्सचेन्जका १४५ वटा शाखाबाट पठाएको रकम सजिलैसँग माछापुच्छ्रे बैंकका १६५ वटा शाखाहरु, ९९ शाखारहित बैकिङ सेवा र ११ एक्सटेन्सन काउण्टर तथा २० हजार भन्दा बढि रेमिट्यान्स एजेन्टमार्फत सजिलै भुक्तानी लिन सकिनेछ । बैंकले अल मुजैनी एक्सचेन्जबाट पठाइएको रेमिटेन्स नेपालका जुनसुकैै बैंक खातामा तुरुन्त जम्मा हुने व्यवस्था मिलाएको छ ।
कार्यक्रममा गैर आवासिय नेपाली संघ कुवेतका अध्यक्ष रणध्वज लामा, लगायत गैर आवासिय संघका प्रतिनिधि, कुवेतस्थित विभिन्न नेपाली संघ संस्थाका प्रतिनिधि एवं पत्रकार लगायत कुवेतमा कार्यरत नेपाली सहभागी थिए । सोही कार्यक्रममा बैंकले तयार पारेको बैंकको कभर गीत सार्वजनिक गरिएको छ ।
बैंकले १६५ वटा शाखाहरु, ९९ शाखारहित बैकिङ सेवा र ११ एक्सटेन्स काउण्टर समेत गरी जम्मा २७५ स्थानमा रहेका सेवा सञ्जाल तथा २०४ वटा एटीएममार्फत १७ लाख भन्दा बढि ग्राहकलाई अत्याधुनिक प्रविधि सहित सम्पुर्ण बंैकिङ सुबिधा प्रदान गरिरहेको छ ।
Comments are closed.