माछापुच्छ्रे बैंकद्वारा मानव कल्याण समाजलाई सहयोग

काठमाडौं । माछापुच्छ्रे  बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चाँगुनारायण ०३ भक्तपुरमा अवस्थित मानव कल्याण समाज संस्थालाई बीस थान वेड सिटलगायतका सामान हस्तान्तरण गरेको छ ।

बैंकले आयोजना गरेको एक कार्यक्रममा माछापुच्छ्रे बैंकका वाग्मती प्रदेशका उपप्रमुख टिका ओझा र कमलविनायक शाखा प्रमुख उज्वल श्रेष्ठले उक्त सामानहरु हस्तान्तरण गरेका थिए ।

मानव कल्याण समाजले बेवारिसे सडक मानवको रुपमा खुल्ला आकाशमुनि आफ्नो जीवन व्यतित गरिरहेका विभिन्न उमेर समूहका वृद्धदेखि बालबालिका, शारिरिकरुपमा अशक्त व्यक्तिहरुलाई उद्धार गरि उनीहरुको संरक्षण गर्दै आएको छ ।

jutta mela

मानव कल्याण समाजले हाल देशका विभिन्न स्थानमा रहेका ५ वटा शाखाबाट २०० जना भन्दा बढीलाई गास, बास, कपास तथा स्वास्थ्य सेवा प्रदान गर्दै आईरहेको छ । विभिन्न संघ संस्था एंव व्यक्तिहररुले स्वेच्छिकरुपमा प्रदान गर्दै आएको सहयोगबाट संचालन भईरहेको मानव कल्याण समाजलाई बैंकले आफनो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेको हो ।

यसअघि पनि बैंकले सामाजिक कार्यमा संलग्न विभिन्न संघसंस्थाहरुलाई सहयोग गर्दै आएको छ । माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ८ एक्सटेन्सन काउन्टर, १६६ शाखारहित बैंकिङ सेवा, २०५ एटिएम मार्फत १३ लाख भन्दा बढी ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आइरहेको ।

You might also like

Comments are closed.