माछापुच्छ्रे बैंक र सिप्रदी ट्रेडिङ बीच सम्झौता

 

काठमाडौं । माछापुच्छ्रे बैंक र सिप्रदी ट्रेडिङ प्रा.लि का ग्राहकहरुले टाटा ब्रान्डका कर्मसियल र सेमि कर्मसियल (हेभी एण्ट लाइट कर्मसीयल भेइकल) खरिदमा माछापुच्छ्रे बैक लि. ले सहुलियत दरमा कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौतापत्रमा र सिप्रदी ट्रेडिङ प्रा.लि को तर्फबाट अध्यक्ष श्री राजन बाबु श्रेष्ठ तथा माछापुच्छ्रे बैेंंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका थिए । सम्झौता अनुसार माछापुच्छ्रे बैंकले देशभर रहेका शाखा कार्यालयहरु मार्फत सिप्रदी ट्रेडिङ प्रा.लि का देशभर रहेका डिलरबाट टाटा ब्रान्डका नयाँ कर्मसियल र सेमि कर्मसियल (हेभी एण्ट लाइट कर्मसीयल भेइकल) खरिद चाहने ग्राहकहरुलाई सहज र सरल रुपमा सेवा प्रदान गर्नेछ ।

स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंक लि. पुर्व देखि पश्चिम साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १६० वटा शाखाहरु, १४८ शाखारहित बैकिङ सेवा र ५ एक्सटेन्स काउण्टर समेत गरी जम्मा ३१३ स्थानमा रहेका सेवा सञ्जाल तथा १९९ वटा एटीएमहरु तथा १ हजार भन्दा बढि पिओएस मार्फत बाट ग्राहक महानुभावहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बैकिङ सुबिधा प्रदान गरीरहेको छ ।

lcci
You might also like

Comments are closed.