एप्पलका सामान खरिदमा २० प्रतिशत सम्मको छुटको व्यवस्था

काठमाण्डौं । नेपालमा आईफोनको आधिकारिक विक्रेता जोय स्टोर र माछापुच्छ्रे बैंकबीच सम्झौता भएको छ । नेपालमा आईफोन निर्माता कम्पनी एप्पलका उत्पादन खरिद बिक्री सम्बन्धमा दुई संस्थाबीच सम्झौता भएको हो ।

सम्झौतामा जोय स्टोरका तर्फबाट कम्पनीका प्रवन्ध निर्देशक गुरुदत्त शर्मा र माछापुच्छ्रे बैंकका तर्फबाट शाखा कार्यालय न्युरोड, काठमाडौंका शाखा प्रमुख निशेष केसीले एक कार्यक्रम गरी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार नेपालमा आईफोनको आधिकारिक बिक्रेता जोय स्टोरबाट एप्पलका समान खरिदमा माछापुच्छ्रे बैंकका कर्मचारी तथा ग्राहकले छुट सुविधा लिन सक्नेछन् ।

जोय स्टोरका अनुसार एप्पलका उप्पादनमा माछापुच्छ्रे बैंकका कर्मचारी एवम् सेवाग्राहीलाई अधिकतम २० प्रतिशतसम्म छुट पाउनेछन् ।बैंकका कर्मचारी एवम् सेवाग्राहीलाई सरल र सुलभ मूल्यमा एप्पलका उप्पादन उपलब्ध गराउनका लागि सम्झौता गरिएको जोय स्टोरका प्रवन्ध निर्देशक गुरुदत्त शर्माले जानकारी दिए । छुटका लागि कर्मचारी तथा बैंकका ग्राहकले खाता भएको प्रमाण पुग्ने कागजपत्र देखाउनुपर्नेछ र सोही आधारमा जोय स्टोरले छुटमा एप्पलका सामान उपलव्ध गराउने बताइएको छ ।

जोय स्टोर नेपालमा एप्पलका उप्पादनहरु बिक्री गर्ने आधिकारिक बिक्रेता हो । जसले काठमाडौंमा ताम्राका कम्प्लेक्स र पोखराको महेन्द्रपुलबाट आधिकारिक रुपमा आईफोन लगायत एप्पलका उत्पादनहरु बिक्री गर्दै आएको छ । प्रवन्ध निर्देशक शर्मा ताम्राकार मोबाईल व्यवसायी संघका अध्यक्ष समेत हुन् । नेपाली उपभोक्तालाई एप्पलका जेनुयन उप्पादनहरु उपलब्ध गराउने उद्देश्य अनुसार आफुले आधिकारिक बिक्रेताको रुपमा काम गर्दै आएको समेत उनले जानकारी दिए ।

जोय स्टोरले एप्पलका उप्पादनहरु आईफोन, म्याकबुक, एप्पल बाच, एयरपड, हेडफोन र अन्य एसेसोरिजहरु बिक्री गर्दै आएको छ । साथै जोय स्टोरले बिक्री गर्दै आइरहेको एप्पलका मोबाईलमा २ बर्षको वारेन्टी, १ बर्षको इन्सुरेन्स, म्याकबुकमा २ बर्षको वारेन्टी र एयरपडमा समेत २ बर्षको वारेन्टीको सुविधा दिइरहेको प्रवन्ध सञ्चालक शर्माले जानकारी दिए ।

You might also like

Comments are closed.