पोखरा अमरसिंह चोकमा खुल्यो माछापुच्छ्रे मिनि मार्ट

पोखरा । पोखराको अमरसिहं चोकमा माछापुच्छ्रे मिनि मार्ट सञ्चालनमा आएको छ । पोखरामा रहेर बिगत दुई दशकदेखि सुन व्यवसायमा आवद्ध तीन दाजुभाई दुर्गा सुनार, गणेश सुनार र शिव सुनारको संयुक्त लगानीमा उक्त मार्ट सञ्चालनमा आएको हो ।

मार्टको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं. १२ का वडा अध्यक्ष सन्तोष बास्तोलाले प्रतिकुल समयमा पनि युवाहरुले आफ्नो व्यवसायलाई फराकिलो बनाउन मिनी मार्ट सञ्चालनमा ल्याएकोमा थप व्यावसायिक सफलताको शुभकामना दिए । पोखरा शहर छिर्ने बितिकैको पहिलो चोक अमरसिंह चोक भएकाले यसलाई थप सुन्दर र व्यावसायिक बनाउन आफु सधै प्रतिबद्ध रहेको वडा अध्यक्ष वास्तोलाले बताए ।

देशकै नमुना विद्यालयका रुपमा परिचित अमरसिंह माविको जग्गामा सञ्चालित मिनी मार्टले व्यापार मात्र नभएर गुणस्तरिय सेवा दिनेमा आफु विश्वस्त रहेको अमरसिंह व्यापार व्यवसायी समितिका सचिब श्रीधर रानाभाटले बताए । उनले सुनबाट सुरु भएको व्यावसायिक यात्रा जनताको दैनिक आवश्यकतासँग जोडिएको नुनलगायतका खाद्यन्नका सामान हुँदै विस्तारै पोशक तथा कपडातर्फ पनि उन्मुखहोस् भनि शुभकामना दिए ।

समाजसेवी एवं सफल व्यवसायी डिवी भुजेलले सामाजिक उत्तरदायित्वलाई वहन गर्दै व्यवसायलाई अगाडि बढाउन आग्रह गरे । नेपाल सुनचाँदी व्यवसायी संघ कास्कीका वरिष्ठ उपाध्यक्ष भविन्द्र विश्वकर्माले महंगी र बैंकको चर्को व्याजले हरेक व्यवसाय मारमा परेको बताउदै व्यवसायी हकहितमा आवाज उढाउन आवश्यक रहेको बताए ।

उद्घाटन कार्यक्रममा स्वागत गर्दै सञ्चालक शिव सुनारले नाफामुखी भन्दा पनि सेवामुखी भावले व्यवसायमा हात हालेको बताए । उनले अमरसिंह माविमा अध्ययन्रत जेहेन्दार छात्रछात्रा गरेर २ जनालाई वार्षिकरुपमा छात्रवृति उपलब्ध गराउने पनि जानकारी गराए ।

करिब १ करोडको लागतमा सञ्चालनमा आएको मिनी मार्टमा घरायसी कामकाज लगायत खाद्यन्नका सबै सामानहरु सुपथ मुल्यमा पाइने अर्का सञ्चालक गणेश सुनारले बताए । मार्ट शुभारम्भको अवसरमा ग्राहकहरुका लागि ८ देखि १० प्रतिशत छुटको व्यवस्था गरिएको उनले जानकारी दिए । उद्घाटन कार्यक्रमको सञ्चालन मार्टका सञ्चालक युवा व्यवसायी दुर्गा सुनारले गरेका थिए ।

You might also like

Comments are closed.