कँडेल घरदैलोमा व्यस्त, मध्यपहाडी लोकमार्ग महेन्द्र गुफा नभइ गाउँबाट लैजान स्थानीयको माग

कास्की । पोखरा वडा नं. १६ का जनताहरुले मध्यपहाडी लोकमार्ग पर्यटकिय स्थल महेन्द्र गुफा भएर नभइ गाउँबाट लैजान माग गरेका छन् ।

आइतबार पोखरा वडा नं. १६ को महेन्द्रगुफा क्षेत्रमा घरदैलो गर्न पुगेका प्रतिनिधि सभा निर्वाचनका लागि कास्की क्षेत्र नं. २ बाट उम्मेदवारी दिएका उम्मेदवार माधवप्रसाद कँडेललाई त्यहाँका जनताले पर्यटकिय स्थल महेन्द्र गुफा भएर बाटो काट्दा पर्यटकिय क्षेत्र मासिने र धेरै क्षति हुने भन्दै मध्यपहाडी लोकमार्ग गाउँ हुँदै लैजान आग्रह गरेका हुन् ।

jutta mela

राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेशका महामन्त्रीसमेत रहेको कँडेलले घरदैलो तथा भेटघाट कार्यक्रम अन्तर्गत आज पोखरा वडा नं. १६ का जनताहरुसंग भेटघाट तथा छलफल गरेका छन् । पछिल्लो समय जनताका दुःख पीडा बुझ्न उनिहरुका घरदैलोसम्म पुग्न सक्रिय भएका उम्मेदवार कँडेलले जनताहरुबाट राम्रो प्रतिक्रिया पाएको सुनाए ।

पुराना दलहरुबाट निरास जनताले मंसिर ४ गते हुने निर्वाचनमा नयाँ सोच र भिजनसहित उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न घन्टी नै अबको विकल्प भएको प्रतिक्रिया दिएको उनले बताए । साथै घरदैलो कार्यक्रममा जनताहरुको उत्साहजनक सहभागीता रहेको कँडेलले बताएका छन् ।

त्यस्तै, सोमबार बिहान ११ः३० मा पोखरा वडा नं. १६ को प्रचारप्रसार कार्यालयको उद्घाटन गर्ने तयारी रहेको पनि उम्मेदवार कँडेलले जानकारी दिए ।

You might also like

Comments are closed.