कँडेललाई पोखराका जनताको साथ, भन्छन्- निकै उत्साही छु

कास्की । उम्मेदवार माधवप्रसाद कँडेल यतिबेला निकै उत्साही देखिन्छन् । निकै उत्साहका साथ कँडेल पोखरेलीहरुका दुःख मर्काहरु बुझ्ने अनि सुन्ने प्रयास गरिरहेका देखिन्छन् ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कास्की क्षेत्र नं. २ बाट उम्मेदवारी दिएका कँडेलले निर्वाचनका लागि आफू निकै उत्साही भएको र त्यहाँका जनताले आफूलाई विजयी गराउनेमा आशावादी रहेको प्रतिक्रिया दिए ।

jutta mela

राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेशका महामन्त्रीसमेत रहेका उम्मेदवार कँडेलले घरदैलो कार्यक्रमअन्तर्गत मंगलबार पोखरा वडा नं. ७ मा कार्यक्रम गरेका छन् । त्यहाँका जनता पनि निकै उत्साहित देखिएको र सकारात्मक प्रतिक्रिया पाएको उनले बताए ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कास्की क्षेत्र नं. २ बाट उम्मेदवारी दिएका कँडेलले सक्रियतालाई बढाएका छन् । नेताहरुले देश बिगारेको भन्दै अब नयाँ भिजन र सोचका साथ आउने नेतालाई मौका दिनुपर्ने जनताहरुबाट प्रतिक्रिया आउन थालेको कँडेलले बताए ।

पुराना दलहरुबाट अपेक्षाअनुसार काम नभएको भन्दै जनताले मंसिर ४ गते हुने निर्वाचनमा नयाँ सोच र भिजनसहित उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई विजयी गराउने प्रतिबद्धता प्राप्त भएको उनले जानकारी दिए ।

You might also like

Comments are closed.