राष्ट्रिय स्वतन्त्र पार्टी कास्की क्षेत्र नं. २ को सचिवालय संचालन

कास्की । राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेशका महामन्त्री माधवप्रसाद कँडेलले बिहीबार पोखरा वडा नं. ८ र १७ मा घरदैलो कार्यक्रम गरेका छन् ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कास्की क्षेत्र नं. २ बाट उम्मेदवारी दिएका उम्मेदवार कँडेलले चुनावी प्रचारप्रसारअन्तर्गत आज पोखरा वडा नं. ८ र १७ का जनतासंग भेटघाट गरेका हुन् ।

jutta mela

त्यस्तै, बिहीबारदेखि पार्टीको सचिवालय संचालनमा आएको छ । पोखरा वडा नं. १७ को ड्याम साइडमा राष्ट्रिय स्वतन्त्र पार्टी कास्की क्षेत्र नं. २ को सचिवालय संचालनमा आएको कँडेलले जानकारी दिए ।

निकै उत्साहका साथ पोखरेली जनतासंगको भेटघाटलाई तिव्रता दिएका कँडेलले जनताको सकारात्मक प्रतिक्रिया पाइरहेको बताएका छन् ।
यसपटकको चुनावमा सम्पूर्ण जनता परिवर्तनकै पक्षमा देखिएको कँडेलको भनाई छ ।

पुराना दलहरुबाट अपेक्षाअनुसार काम नभएको भन्दै जनताले मंसिर ४ गते हुने निर्वाचनमा नयाँ सोच र भिजनसहित उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई विजयी गराउने प्रतिबद्धता प्राप्त भएको उनले जानकारी दिए ।

You might also like

Comments are closed.