उम्मेदवार कँडेल मत माग्न व्यस्त, भन्छन्- ‘पोखरेली जनताको मलाई साथ छ’

कास्की । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारहरु जनतासंग मत माग्न व्यस्त बनेका छन् ।

यही सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेशका महामन्त्री माधवप्रसाद कँडेल पनि यतिखेर चुनावी घरदैलो अभियानमा व्यस्त छन् ।शनिबार पोखरा वडा नं. ८ र १६ मा घरदैलो कार्यक्रम गरेका कँडेलले आइतबार वडा नं. १७ का जनतासंग भेटघाट गरेका छन् ।

jutta mela

शनिबार घरदैलोका साथै पोखरा वडा नं. १६ को सचिवालयको पनि उद्घाटन गरिएको कँडेलले जानकारी दिए । निकै उत्साहका साथ पोखरेली जनतासंगको भेटघाटलाई तिव्रता दिएका कँडेलले जनताको सकारात्मक प्रतिक्रिया पाइरहेको बताएका छन् । यसपटकको चुनावमा सम्पूर्ण जनता परिवर्तनकै पक्षमा देखिएको कँडेलको भनाई छ ।

पुराना दलहरुबाट अपेक्षाअनुसार काम नभएको भन्दै जनताले मंसिर ४ गते हुने निर्वाचनमा नयाँ सोच र भिजनसहित उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई विजयी गराउने प्रतिबद्धता प्राप्त भएको कँडेलले बताए । उनले जनताको प्रतिक्रियाले आफू जित्छु भन्नेमा आशावादी गरेको बताए ।

You might also like

Comments are closed.