देश विकासका लागि भोट हाल्ने सोचमा परिवर्तन गर्न आवश्यक : कँडेल

कास्की । आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिदै जाँदा यतिबेला सम्पूर्ण उम्मेदवारहरु आ–आफ्ना मतदातासंग भोट माग्न व्यस्त छन् । नेताहरु यतिबेला उम्मेदवारका घर, गोठदेखि खेतसम्म धाइरहेका छन् ।

चुनावकै सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टीका गण्डकी प्रदेश महामन्त्री माधव प्रसाद कँडेल पनि पोखरेली जनतासंग भेटघाट तथा छलफल गर्न व्यस्त छन् । मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा कास्की क्षेत्र नं. २ बाट उम्मेदवारी दिएका उम्मेदवार कँडेल यतिबेला पोखरेली जनता माझ रमाइरहेका देखिन्छन् ।

आफ्नो चुनावी घरदैलो तथा भेटघाट कार्यक्रमअन्तरगत कँडेलले मंगलबार पोखरा वडा नं. ४, वडां. ९ र २० का जनतासंग भेटघाट गरेका छन् । त्यहाँका जनताबाट पनि पुराना दलहरुबाट अपेक्षाअनुसार काम नभएको गुनासो आएको उनले बताए ।

jutta mela

विकासको आशमा वर्षौ जिताएर पठाएका नेताबाट सोचअनुसारको परिणाम नआएको भन्दै जनताले अब मंसिर ४ गते हुने निर्वाचनमा नयाँ सोच र भिजनसहित उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई विजयी गराउने बताएका छन् ।

कँडेलले पोखरेली जनताका समस्या आफूले बुझेको भन्दै एकपटक आफूलाई विजयी गराइ काम गर्ने अवसर दिन आग्रह गरेका छन् । त्यसका लागि अब जनताले भोट हाल्ने सोचमा परिवर्तन गर्न आवश्यक रहेको कँडेलको प्रतिक्रिया छ ।

आफू कुनै लोभलालचका लागि नभइ जनताका लागि चुनावमा होमिएको भन्दै कँडेलले यस क्षेत्रका जनताले आफूलाई जिताउनेमा आशावादी रहेको बताएका छन् ।

You might also like

Comments are closed.