देश परिवर्तन गर्न भोट परिवर्तनको खाचो : सभापति लामिछाने

कास्की । राष्ट्रिय स्वतन्त्र पार्टीका गण्डकी प्रदेश महामन्त्री माधवप्रसाद कँडेलले आज पोखरा वडा नं. ३३ मा घरदैलो गरेका छन् ।

मंसिर ४ गने हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कास्की क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवार कँडेलले यसपटकको चुनावमा सम्पूर्ण पोखरेली जनताले आफूलाई विजयी गराउनेमा आशावादी रहेको बताएका छन् ।

यसपटक सम्पूर्ण पोखरेली जनता परिवर्तनकै पक्ष रहेकाले नयाँ सोचसहित उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई विजयी गराउने कँडेलले बताए ।

jutta mela

त्यस्तै,  राष्ट्रिय स्वतन्त्र पार्टीले आज पोखरामा आमसभा गरेको छ । आमसभालाई पार्टीका सभापति रवि लामिछानेले सम्बोधन गरेका छन् ।
पोखरा एयरपोटबाट सुरु भएको र्‍याली पोखरा बजार परिक्रमा गर्दै दिउँसो अमरसिंह चौरमा गएर आमसभामा परिणात भएको थियो ।

आमसभालाई सम्बोधन गर्दै पार्टी सभापति लामिछानेले अब देश बनाउन जनताले भोट परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । जनताले भोट हाल्ने सोचलाई परिवर्तन गर्न सके देशपनि बन्ने लामिछानेको भनाई छ ।

त्यस्तै, एक फरक प्रसंगमा उनले राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु अन्य नेता जस्तो भाषण दिन पोख्त नभए पनि विभिन्न पेशा व्यवसायबाट विज्ञता हासिल गरि आएको हुँदा जनताको हितमा काम गर्न सक्षम र इमान्दार रहेको बताएका छन् ।

You might also like

Comments are closed.