चुनावका लागि जनतामा उत्साह छ : कँडेल

कास्की । प्रतिनिधिसभा सदस्य उम्मेदवार माधवप्रसाद कँडेलले यसपटकको निर्वाचनका लागि नागरिकमा उत्साह छाएको बताएका छन् ।

बुधबार पोखरा वडा नं. ३३ का जनतासँग घरदैलो तथा भेटघाट कार्यक्रममा कँडेलले आम निर्वाचनका लागि आफूले जनतामा छुट्टै प्रकारको उत्साह देखेको बताए । साथै उनले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति जनताको क्रेज बढ्दो रहेको बताएका छन् ।

वर्षौ जिताएर पठाएका पार्टीका नेताहरुबाट सोचेअनुसारको परिणाम पाउन नसकेपछि नयाँ सोच र भिजनसहित उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीप्रति जनताको क्रेज बढेको कँडेलले बताए । यसपटक सम्पूर्ण पोखरेली जनता परिवर्तनको पक्षमा रहेकाले आफूलाई पोखरेली जनताको भोट आउछ भन्नेमा पूर्ण विश्वास रहेको कँडेलले बताएका छन् ।

jutta mela

पोखरेली जनताका घरदैलोसम्म पुग्दा हरेकबाट आफूले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति सकारात्मक प्रतिक्रिया पाएको उनले बताए । शिक्षा, स्वास्थ्य, सार्वजनिक यातायात, रोजगारी, भ्रष्टाचार न्यूनीकरण, सुशासन, पर्यन विकास र सामाजिक सुरक्षालाई प्रमुख प्राथमिकतामा राखेका कँडेलले युवाहरुको भविष्य सुनिश्चित गर्न दीर्घकालीन शैक्षिक र रोजगारीको योजना ल्याउने बताएका छन् ।

साथै भ्रष्टाचार शून्य देश निर्माण गर्न कडा नीति बनाउन पहल गर्ने बताउँदै कँडेलले उच्च ओहोदामा रहेका राजनीतिक तथा उच्च पदस्थ कर्मचारीहरुको सम्पत्ति छानबिन गरी कारबाही गर्न विशेष पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

त्यस्तै, विपन्न परिवारलाई पानी, बिजुली र इन्टरनेटमा सहुलियतको व्यवस्था गर्ने, पर्यटन स्थलहरुको अध्ययन गरि तिनको संरक्षण र प्रवर्द्धन गर्ने, विदेशबाट सिप आर्जन गरी नेपाल फर्किएका युवालाई अनुभवकै आधारमा राजगारीको व्यवस्था गर्ने, खानेपानीको समस्यालाई दीर्घकालीन समाधान गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

त्यस्तै, पर्यटकहरुका लागि २४ सै घण्टा पर्यटकीय स्थलहरु खुल्ला रहने वातावरण मिलाउने, सबै नागरिकको अनिवार्य स्वास्थ्य बीमा गराउने धार्मिक, शैक्षिक तथा पर्यटकीय स्थलहरुमा देखिएको समस्या तत्काल समाधान गर्न पहल गर्ने प्रतिबद्धता गरेका छन् ।

You might also like

Comments are closed.