जनताको उत्साहजनक साथ र समर्थनले चुनाव जित्ने हौसला मिलेको छ : कँडेल

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधवप्रसाद कँडेलले आफूलाई जनताको उत्साहजनक साथ र समर्थनले चुनाव जित्ने हौसला मिलेको बताएका छन् । मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि कास्की २ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कँडेलले यसपटकको निर्वाचनमा पोखरेली जनता विकास र परिवर्तनको पक्षमा रहेकाले चुनाव जित्छु भन्नेमा आशावादी गरेको बताए ।

आज (बिहीबार) चुनावी प्रचारप्रसार गर्ने अन्तिम दिन पोखरा वडा नं. ३३ का जनतासँग घरदैलो तथा भेटघाट कार्यक्रम गरेका कँडेलले यसपकको निर्वाचनमा नयाँ सोच र भिजनसहित उदाएको पाटी राष्ट्रिय स्वतन्त्र पार्टीलाई भोट हाल्न आग्रह गरे । उनले आफू विजयी भए जनता माझ गरेका हरेक प्रतिबद्धता साकार पार्ने बताउदै एकपटकलाई आफूलाई विश्वास गरी विजयी गराउन अपिल गरे ।

वर्षौँ जिताएर पठाएका नेताहरुबाट जनताले निराशा बढाउने काम मात्रै भएको बताउँदै अबको आसन्न निर्वाचनमा पुराना दलका उम्मेदवारलाई पराजीत गराउनुपर्ने धारणा राखे । पुराना पार्टीबाट धेरै आशा गरेपनि त्यो आशा निराशामा परिणत भएको गुनासाहरु जनताबाट आफूले पाएको कँडेलले बताए ।

jutta mela

कँडेलले पोखरेली जनताका समस्या आफूले बुझेको भन्दै एकपटक आफूलाई विजयी गराइ काम गर्ने अवसर प्रदान गर्न आग्रह गरेका छन् । त्यसका लागि अब जनताले भोट हाल्ने सोचमा परिवर्तन गर्न आवश्यक रहेको कँडेलको प्रतिक्रिया छ ।

शिक्षा, स्वास्थ्य, सार्वजनिक यातायात, रोजगारी, भ्रष्टाचार न्यूनीकरण, सुशासन, पर्यन विकास र सामाजिक सुरक्षालाई प्रमुख प्राथमिकतामा राखेका कँडेलले युवाहरुको भविष्य सुनिश्चित गर्न दीर्घकालीन शैक्षिक र रोजगारीको योजना ल्याउने बताएका छन् ।

साथै भ्रष्टाचार शून्य देश निर्माण गर्न कडा नीति बनाउन पहल गर्ने बताउँदै कँडेलले उच्च ओहोदामा रहेका राजनीतिक तथा उच्च पदस्थ कर्मचारीहरुको सम्पत्ति छानबिन गरी कारबाही गर्न विशेष पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

You might also like

Comments are closed.