अब डिजिटल डेमोक्रेसीः कँडेल

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेशका महामन्त्री तथा मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार माधवप्रसाद कँडेलले अब डिजिटल डेमोक्रेसी आवश्यक रहेको बताएका छन् । सोमबार आयोजित विभिन्न कार्यक्रममा बोल्दै कँडेलले पारदर्शी शासन प्रणालीसहित डिजिटल डेमोक्रेसी आवश्यक रहेको बताएका छन् ।

आफ्नो पार्टीले अगाडि सारेको डिजिटल डेमोक्रेसीको अवधारणालाई साकार पार्न जनताले घन्टी चुनाव चिन्हमा मतदान गर्नुपर्ने कँडेलले बताए । ‘अब डिजिटल डेमोक्रेसी आवश्यक छ,’ उनले भने, ‘सरकारका गतिविधि सबै पारदर्शी रुपमा सञ्चालन गर्ने व्यवस्था हामीले गर्नेछौं ।’

jutta mela

कास्की क्षेत्र नं. २ का जनताले आफूलाई विजयी गराउने विश्वास व्यक्त गर्दै उनले परिवर्तनको पक्षमा जनताले मत दिनुपर्ने धारणा राखे ।

पोखराका विभिन्न वडामा आयोजित कार्यक्रममा सोमबार कँडेल सहभागी भएका थिए ।

You might also like

Comments are closed.