कँडेलद्वारा पोखरा १५ का विभिन्न ठाउँमा घरदैलो कार्यक्रम

कास्की । राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेशका महामन्त्री माधवप्रसाद कँडेलले शनिबार पोखरा १५ का विभिन्न ठाउँमा घरदैलो कार्यक्रम गरेका छन्।

मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कास्की क्षेत्र नं. २ बाट उम्मेदवारी दिएका कँडेलले पनि चुनावको मिति नजिकिएसँगै आफ्नो सक्रियतालाई बढाएका छन् ।

jutta mela

नेताहरुले देश बिगारेको भन्दै अब नयाँ भिजन र सोचका साथ आउने नेतालाई मौका दिनुपर्ने जनताहरुबाट प्रतिक्रिया आउन थालेको कँडेलले बताए । उत्साहका साथ घरदैलो कार्यक्रम गरिरहेको बताउँदै कँडेलले पुराना दलहरुबाट अपेक्षाअनुसार काम नभएको भन्दै जनताले मंसिर ४ गते हुने निर्वाचनमा नयाँ सोच र भिजनसहित उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई विजयी गराउने प्रतिबद्धता प्राप्त भएको जानकारी दिए ।

आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारहरु घरदैलो कार्यक्रममा व्यस्त भएका छन् । सरकारले निर्वाचनको मिति मंसिर ४ गतेका लागि तोकेको छ । निर्वाचन आउन अब जम्मा २२ दिन बाँकी छ ।

You might also like

Comments are closed.