महालक्ष्मी विकास बैंकद्वारा तीज विशेष “नारी सम्मान अभियान” सार्वजनिक

काठमाडौं ।  महालक्ष्मी विकास बैंकले हरितालिका तीज – २०७९ को अवसरमा नारीलाई लक्षित गरेर “नारी सम्मान अभियान”सार्वजनिक गरेको छ ।

भदौ महिनामा गृहलक्ष्मी बचत खाता खोल्ने नारीलाई सम्मान स्वरुप निशुल्क एटिएम कार्ड तथा मोवाइल बैंकिङका साथसाथै लकर सेवामा ५० प्रतिशत छुट प्रदान गरिने कुरा बैंकले जनाएको छ ।

विगत देखि नै ग्राहकहरुको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिवद्ध रहिआएको यस बैंकले नारीहरुको बैंकिङ आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर गर्दै नारी सम्मान अभियान ल्याएको हो । देशैभर छरिएर रहेका १०३ शाखाहरु मार्फत यो खाता खोल्न सकिने कुरा बैंकले जनाएको छ ।

यस बैंकले कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख गहकहरुलाई उच्चस्तरिय वित्तीय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आईरहेको छ ।
बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यले भिसा कार्ड, ट्राभेल कार्ड, इ-कर्मश कार्ड, डलर कार्ड जारी गरीसकेको छ ।

You might also like

Comments are closed.