काठमाडौं । महालक्ष्मी विकास बैंकले एक अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ ।
बैंकले असोज २७ गते ऋणपत्र निष्काशनको अनुमति माग गर्दै सेबोनमा आवेदन दिएको हो । यसअघि नै बैंकले एनआईसी एशिया क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।
बैंकले प्रतिकित्ता एक हजार रुपैयाँका दरले दश लाख कित्ता ऋणपत्र जारी गर्ने भएको हो ।
Comments are closed.