महालक्ष्मी विकास बैंकले ९.२६ प्रतिशत लाभांश वितरण गर्ने

 

काठमाडौं । महालक्ष्मी विकास बैंक लि. को १९ औँ वार्षिक साधारणसभा भिडियो कन्फरेन्स मार्फत शुक्रबार सम्पन्न भएको छ ।

साधारणसभामा बैंकको संचालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई संस्थाको आर्थिक वर्ष २०७७÷०७८ को मुनाफाबाट ८.८०∞ का दरले बोनस सेयर तथा ०.४६∞ नगद लाभांश (बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि) गरी जम्मा ९.२६ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै साधारण सभाबाट मर्जर तथा प्राप्तिको प्रस्तावलाई खुल्ला राख्दै पुँजीगत आधारलाई अझ थप सुदृढ गर्ने उद्देश्यले सो प्रस्तावलाई समेत पारित गरेको छ ।

देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०३ वटा शाखा तथा ३४ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंक लि. को ग्राहक संख्या करिब ५ लाख भन्दा बढी रहेको छ ।

You might also like

Comments are closed.