काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड र भारतको अग्रणी वित्तीय संस्था एचडीएफसी बैंकबीच सीमा–पार बैंकिङ सेवा विस्तार गर्न तथा भारतबाट नेपालमा भुक्तानी प्रणाली सशक्त बनाउन समझदारी सम्पन्न भएको छ ।
हालै भएको उक्त समझदारी अनुसार महालक्ष्मी विकास बैंकले भारतबाट नेपालमा सिधै रकम भुक्तानी गर्न सकिने प्रणाली सञ्चालनमा ल्याएको छ । यस प्रणाली सञ्चालन गर्ने महालक्ष्मी विकास बैंक नेपालको पहिलो विकास बैंक बनेको छ । दुवै बैंकले सम्पूर्ण प्रक्रियागत कार्य सम्पन्न गर्दै परिक्षण कारोबार समेत सफलतापूर्वक सम्पन्न गरिसकेका छन् ।
समझदारी अन्तर्गत, महालक्ष्मी विकास बैंकले एचडीएफसी बैंकको अत्याधुनिक क्यास म्यानेजमेन्ट सेवा (CMS) को प्रयोग गर्न पाउनेछ । यसमा CMS चेक कलेक्सन र इलेक्ट्रोनिक क्यास म्यानेजमेन्ट जस्ता सेवाहरू समावेश छन्, जसअन्तर्गत भारतबाट नेशनल इलेक्ट्रोनिक फण्ड ट्रान्सफर (NEFT), रियल टाइम ग्रस सेटलमेन्ट (RTGS), फण्ड ट्रान्सफर (IMPS) जस्ता माध्यमहरू प्रयोग गरी नेपालमा सिधा भुक्तानी गर्न सकिनेछ ।
Comments are closed.