दृष्टिविहिनलाई महालक्ष्मी विकास बैंकको सेतो छडी सहयोग

काठमाडौं । ३३ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा महालक्ष्मी विकास बैंकले शारीरिक अपाङ्गता भएका तथा दृष्टिविहिनलाई सेतो छडी लगायतका सामग्रीहरु वितरण गरेको छ ।
सस्ंथागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत दिवसको अवसरमा अपाङ्गता संरक्षण नेपालसँगको सहकार्यमा शारीरिक अपाङ्गता भएका तथा दृष्टिविहिनलाई बैंकको केन्द्रिय कार्यालय दरबारमार्गमा एक कार्यक्रमका बीच सेतो छडी लगायतका सामग्रीहरु वितरण गरेको हो ।
बैंकले अपांगता भएका व्यक्तिको बैंकिङ कारोबारलाई थप सहजीकरण गर्न उपलब्ध स्रोत साधनको अधिकत्तम प्रयोग गरी बैंकको दरबारमार्ग शाखालाई अपांगमैत्री शाखाको रुपमा विकास गर्न प्रयास गर्नेछ । अपांगता भएका व्यक्तिलाई सहज सेवा प्रदान गर्नको लागि दरबारमार्ग शाखामा एक जना कर्मचारीलाई सम्पर्क व्यक्ति तथा फोकल पर्सनको रुपमा खटाइएको छ ।
यस किसिमका कार्यबाट अपाङ्गता भएका व्यक्तिको सहज जीवनयापन गर्न तथा समावेशी तथा दिगो भविष्यको आधार निर्माण गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले हालै ग्राहकलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको निति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको छ ।
lcci
You might also like

Comments are closed.