धनगढी उपमहानगरपालिका, गलेश्वर आश्रम र लुम्बिनीमा महालक्ष्मी विकास बैंकको सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले धनगढी उपमहानगरपालिका, गलेश्वर आश्रम र लुम्बिनी क्षेत्रमा सहयोग गरेको छ ।

बैंकको विभिन्न शाखा कार्यालयबाट संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत धनगढी उपमहानगरपालिका र गलेश्वर आश्रममा आर्थिक सहयोग गरिएको छ भने लुम्बिनी क्षेत्रमा निःशुल्क पानी तथा मिठाई वितरण कार्यक्रम सम्पन्न भएको छ ।

बैंकको धनगढी शाखाद्वारा धनगढी उपमहानगरपालिकाको ‘नगर प्रमुख शैक्षिक सुधार कोष’ लाई १ लाख ५० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ ।

ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिकाले आर्थिक अभावका कारण बीचैमा पढाई छोड्न नपरोस् भनेर स्थापना गरिएको नगर प्रमुख शैक्षिक सुधार कोषमार्फत विपन्न परिवारका बालबालिकाको शैक्षिक गुणस्तर सुधार्न गर्न मद्दत पु¥याउने उद्देश्यले बैंकले सहयोग गरेको हो । बैैंकको सुदुरपश्चिम प्रदेश प्रमुख सुनिलकुमार नेपालले धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमाललाई सो रकम बराबरको चेक हस्तान्तरण गरे ।

साथै बैंकको नारायणगढ शाखाद्वारा देवघाटधाम, तनहूँमा अवस्थित गलेश्वर आश्रमलाई ३ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ । आश्रमले नेपालीपन झल्कने प्यागोडाशैलीमा सिद्घेश्वर शिव मन्दिर निर्माण गरिसकेको तर आर्थिक अभावका कारण मन्दिर प्राङ्गणमा नेपाली ढुङ्गा बिच्छाउने कार्य बाँकी रहेकाले सो कार्य सम्पन्न गर्नका लागि सहयोग गरेको हो । बैैंकको बाग्मती प्रदेश ‘ख’ प्रमुख शम्भुप्रसाद पराजुलीले गलेश्वर आश्रमलाई चेक हस्तान्तरण गरेका छन् ।

बैंकको महिलवार (लुम्बिनी) शाखाद्वारा २५६८ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस २०८१ को अवसरमा लुम्बिनीमा निःशुल्क पानी तथा मिठाई वितरण कार्यक्रम सम्पन्न गरिएको छ । बुद्ध जयन्तीको अवसर पारेर बुद्ध जन्मस्थल लुम्बिनीमा दर्शन गर्न आएका करिब २५ सय श्रद्घालुभक्तजनका लागि शुद्घ पिउने पानी तथा मिठाई वितरण गरिएको हो ।

बैंकले विगत १३ वर्षदेखि नै बुद्ध जयन्तीको दिन श्रद्धालु भक्तजन तथा सर्वसाधारणलाई पिउने पानीको समस्या नहोस् भन्ने उद्देश्यले यो कार्यलाई निरन्तरता दिदै आएको छ ।

आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्दै जाने बैैंकले जनाएको छ । यस बैंकले “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

You might also like

Comments are closed.