अटिजम सिकाई केन्द्रलाई महालक्ष्मी विकास बैंकको सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंक झापा दमक शाखाले सरस्वती माध्यमिक विद्यालय, दमक–०९, इटाभट्टाले सञ्चालन गरेको अटिजम सिकाई केन्द्रलाई सामग्री सहयोग गरेको छ ।

अटिजम भएका विद्यार्थीको शैक्षिक क्रियाकलापलाई थप प्रभावकारी रुपमा सञ्चालन गर्न एक थान कम्प्युटर र एक थान प्रिन्टर सहयोग गरेको बैंकले जनाएको छ । एक कार्यक्रमका बीच प्रधानध्यापकलाई सो सामाग्री हस्तान्तरण गरिएको छ ।

हाल यस विद्यालयमा अध्ययनरत २४ जना अटिजम भएका विद्यार्थी यस सहयोग सामग्रीबाट प्रत्यक्ष लाभान्वित हुनेछन् । यस्ता संस्थागत सामाजिक उत्तरदायित्व कार्यबाट समग्र शैक्षिक तथा सामाजिक विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रबद्र्धन, पुर्वाधार निर्माण तथा सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्य जस्ता विभिन्न क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम सञ्चालन गर्ने नीति अनुरुप बैंकले विभिन्न्न कार्यक्रम सम्पन्न गर्दै आएको छ ।

बैंकले हालै ग्राहकलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको छ ।

 

lcci
You might also like

Comments are closed.