काठमाडौं । महालक्ष्मी विकास बैंकले वातावरणीय तथा सांस्कृतिक सम्पदा संरक्षण वाकाथन कार्यक्रम गरेको छ । बुढानिलकण्ठ नगरपालिका वडा नं १ तथा बुढानिलकण्ठ मन्दिर क्षेत्रमा कार्यक्रम गरेको हो ।
सो कार्यक्रममा दिगो बैंकिङप्रति आफ्नो प्रतिबद्धता जाहेर गरिएको छ । बैंकका उच्च अधिकारी, कर्मचारी र सरोकारवालाको सक्रिय सहभागितामा सम्पन्न यस वाकाथनले वातावरणीय उत्तरदायित्व र सांस्कृतिक सम्पदाको सुरक्षा जस्ता महत्त्वपूर्ण विषयलाई प्राथमिकतामा राख्दै विशेष र्यालीको आयोजना गरिएको हो ।
बैंकिङ क्षेत्रले दिगो वित्तीय अभ्यासहरू अपनाउनुपर्छ भन्ने सन्देश प्रवाह गर्न वाकाथनका सहभागीहरू ऐतिहासिक तथा पर्यावरणीय दृष्टिले संवेदनशील मार्गहरू हुँदै अघि बढेको छ । यस अवसरमा हरित बैंकिङ र दिगो वित्तीय रणनीतिको आवश्यकतामाथि विशेष जोड दिइएको छ । महालक्ष्मी विकास बैंकले १०३ शाखाहरू सञ्चालन गर्दै, ८ लाख ग्राहकमा विश्वसनीय सेवा पुर्याइरहेको छ ।
Comments are closed.