काठमाडौं । महालक्ष्मी विकास बैंकको ३१ औं वार्षिकोत्सवको अवसरमा आयोजित महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२५–संस्करण ४ सम्पन्न भएको छ ।
यहीँ जेठ २१ गते बुधबार देखि २४ गतेसम्म काठमाडौंमा सम्पन्न प्रतियोगिताको उपाधि प्राईम कमर्सियल बैंक लिमिटेडले जित्न सफल भएको छ । नबिल बैंक लिमिटेडले द्वितीय स्थान हासिल गर्न सफल भएको छ ।
प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, मर्चेन्ट बैंंक तथा लघुवित्त वित्तीय संस्थाका २४ टिमले सहभागिता जनाएका थिए । नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बमबहादुर मिश्र र बैंकका अध्यक्ष राजेश उपाध्यायले संयुक्त रुपमा विजेतालाई ट्रफी हस्तान्तरण गरे ।
प्रतियोगितामा उत्कृष्ट फिल्डर नबिल बैंकका अमृत चौलागाई, उत्कृष्ट विकेट–किपर नबिल बैंककै विजय पारा लिम्बु, उत्कृष्ट बलर एन.एम.बी बैंकका अनिल बर्तौला,उत्कृष्ट ब्याट्सम्यान तथा उत्कृष्ट खेलाडी आइ.सि.एफ.सि.फाइनान्सका सुरज तिमिल्सिनाले जित्न सफल भएका छन् ।
महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२५–संस्करण ४ का प्रायोजक, सहभागी टिम, प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा कार्यक्रम सम्पन्न गर्न सहयोय गर्ने व्यक्ति, विभिन्न संघ संस्थालाई बैंकले धन्यवाद दिएको छ ।
Comments are closed.