महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा अश्वीनी कुमार ठाकुर नियुक्त

काठमाडौं । महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा अश्वीनी कुमार ठकुर नियुक्त भएका छन् । गत असार २० गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार ठाकुरलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरिएको हो ।

नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक, राष्ट्रिय जीवन बीमा कम्पनी (साविकः राष्ट्रिय बीमा संस्थान) को प्रमुख कार्यकारी अधिकृत तथा मध्यपश्चिामञ्चल ग्रामीण विकास बैंक, हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड, अपर तामाकोशी हाइड्रोपावर लिमिटेड, नेशनल बैंकिङ इन्स्टिच्युट लिमिटेड लगायतका संगठित संस्थाको बोर्ड सदस्यको जिम्मेवारीमा रही कार्य गरेको उनको अनुभव रहेको छ ।

आइतबार बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच उनले पद बहाली गरेका छन् । विगतको अनुभवले बैंकको समग्र संस्थागत सुशासन अभिवृद्धि गर्न मद्धत पुग्ने विश्वास बैंकले लिएको छ । ‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालय र ८ लाख ग्राहक रहेका छन् ।

 

You might also like
Ram Tulasi Palpa

Comments are closed.