काठमाडौं । महालक्ष्मी विकास बैंकले क्युआर कोडमार्फत कर्जा आवेदन दिन सकिने सुविधा सुरुवात गरेको छ ।
सेवालाई डिजिटलमैत्री तथा स्वचालित बनाउँदै जाने उद्धेश्यले क्युआर कोडमार्फत कर्जा आवेदन दिन सकिने सुविधाको सुरुवात गरेको बैंकले जनाएको छ । विकास बैंकहरुमा महालक्ष्मी विकास बैंक यस सेवा दिने अग्रणी बैंक बनेको छ ।
यस अन्तर्गत कर्जा लिन चाहने ग्राहकले बैंकको आधिकारिक वेबसाइट, सामाजिक सञ्जालहरु, सबै शाखा कार्यालय तथा पत्रपत्रिकामा रहेको क्युआर कोड स्क्यान गरी आवेदन दिन सक्नेछन् । ग्राहकले आवदेन गरे पश्चात् रोजेको शाखा कार्यालयबाट कर्जाको सबै कर्जा प्रक्रिया सम्बन्धमा सहजिकरण गर्न सोही शाखा कार्यालयका कर्मचारीले सम्पर्क गर्ने बैंकले जनाएको छ ।
यस बैंकले “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसात् गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्ष देखि अनवरत रुपले गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ । बैंकको देशभर १०३ वटा शाखा कार्यालय र करिब ७ लाख ग्राहक रहेका छन् । २०८० पुस २८ मा सम्पन्न बैंकको २२ औ वार्षिक साधारण सभाबाट विदेशी बैंक वा वित्तीय संस्थालाई रणनीतिक साझेदारको रुपमा ल्याउन प्रस्ताव समेत पारित भएको छ ।
Comments are closed.