महालक्ष्मी विकास बैंकले टाटा ब्रान्डका गाडी खरिदमा ९.९९ प्रतिशतमै कर्जा प्रदान गर्ने

काठमाडौं । महालक्ष्मी विकास बैंक र जे.बी अटोमोटिभ कम्पनी प्रालि बीच सम्झौता भएको छ । महालक्ष्मी विकास बैंकमार्फत टाटा ब्रान्डका गाडी खरिदको लागि ९.९९ प्रतिशतमै कर्जा प्रदान गर्ने समझदारी पत्रमा बैंक र नेपालका लागि टाटा गाडीको डिलर जे.बी अटोमोटिभ कम्पनी बीच एक समझदारी पत्रमा हस्ताक्षर गरिएको हो ।

सम्झौता अनुसार टाटा गाडी खरिद गर्न इच्छुक ग्राहकले महालक्ष्मी विकास बैंकमा ९.९९ प्रतिशतमै कर्जा पाउनेछन् । विद्युत्तीय गाडीको हकमा अधिकतम ५ वर्ष अवधी रहने गरी भ्याट बिल वा कोटेशन मुल्यको ८० प्रतिशत, जुन कम हुन्छ । सो बराबरको कर्जा र विद्युत्तीय बाहेकको अन्य गाडीमा अधिकतम ८ वर्ष अवधी रहने गरी भ्याट बिल वा कोटेशन मुल्यको ५० प्रतिशत जुन कम हुन्छ, सो बराबरको कर्जा बैंकले प्रदान गर्नेछ ।

कर्जा लिन चाहने ग्राहकले बैंकको आधिकारिक वेबसाइट, सामाजिक सञ्जालहरु, सम्पुर्ण शाखा कार्यालय तथा पत्रपत्रिकामा रहेको क्युआर कोड स्क्यान गरेर समेत आवेदन दिन सक्नेछन् । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसात गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको छ । यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ७ लाख ग्राहक रहेका छन् ।

You might also like

Comments are closed.