महालक्ष्मी विकास बैंकले सहयोगमा विद्यार्थीलाई छात्रवृत्ति सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंकले कर्णाली प्रदेशका १० जिल्लाका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । कर्णाली प्रदेश पर्यटकीय तथा साँस्कृतिक संरक्षण केन्द्र कालिकोटसँगको समन्वयमा बैंकको केन्दि«य कार्यालयमा एक कार्यत्रमका आयोजना गरी छात्रवृत्ति रकम प्रदान गरिएको हो ।

सामुदायिक विद्यालयबाट माध्यमिक शिक्षा परिक्षा (एसइइ) उत्तिर्ण गरी काठमाडौं उपत्यकामा प्लस टु तथा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिईभिटी) अन्तर्गत डिप्लोमा अध्ययन गर्न चाहाने तर घरको आर्थिक अवस्था नाजुक भएका गरिब तथा जेहेन्दार विद्यार्थीलाई सो छात्रवृत्ति उपलब्ध गराइएको बैंकले जनाएको छ ।

शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रबद्र्धन, पुर्वाधार निर्माण तथा सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्य जस्ता विभिन्न क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम सञ्चालन गर्ने निति अनुरुप बैंकले विभिन्न्न कार्यक्रमहरु सम्पन्न गरेको छ ।

बैंकले हालै ग्राहकलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको निति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको छ ।

 

lcci
You might also like

Comments are closed.