महालक्ष्मी विकास बैंकको लाभांश घोषणा

 

काठमाडौं । महालक्ष्मी विकास बैंक लि.ले लाभांश घोषणा गरेको छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भई सञ्चालक समितिको बिहीबार बसेको ४७८औं बैठकले आर्थिक वर्ष २०७६÷०७७ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ८.८० प्रतिशतका दरले बोनस सेयर तथा ०.४६ प्रतिशत नगद लाभांश (बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि) गरी जम्मा ९.२६ प्रतिशत वितरण गर्ने निर्णय गरेको छ ।

prime

कोभिड–१९ को महामारीलाई ध्यानमा राख्दै बैंकको साधारण सभा २०७७ चैत्र १३ गते भर्चुवल माध्यमबाट गर्नको लागि सूचना समेत प्रकाशित भइसकेको छ । साधारण सभाबाट पारित भए पश्चात् शेयरधनीहरुलाई बोनस सेयर वितरण गरिने छ ।

देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०३ वटा शाखा सञ्जाल छ । ३४ वटा एटिएमहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको महालक्ष्मी विकास बैंक लि.को ५ लाख भन्दा बढी ग्राहक संख्या छन् ।

You might also like

Comments are closed.