महालक्ष्मी विकास बैंक २८औँ वर्षमा प्रवेश

 

काठमाडौं । देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुबाट बैंकिङ सेवा प्रदान गर्दै आइरहेको महालक्ष्मी विकास बैंक २८औँ वर्षमा प्रवेश गरेको छ । बैक आजदेखि २८औँ वर्षमा प्रवेश गरेको हो ।

जेठ महिनालाई वार्षिकोत्सव महिनाको रुपमा मनाउन लागेको बैंकले देशैभरी छरिएर रहेका १०३ शाखाहरुबाट करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरिय वित्तीय सेवाहरु सरल तवरले प्रदान गर्दै आईरहेको छ । यस सुखद अवसरमा बैंकले आफ्ना ग्राहक, सेयरधनी, नियमनकारी निकायहरुलाई कृतज्ञता जाहेर गरेको छ । यस २७ वर्षको अवधिमा प्राप्त सहयोग प्रति बैंक आभारी रहेको बैंकले जनाएको छ ।

jutta mela

२८औँ वार्षिकोत्सव अवसरमा बैंकले आफ्ना १०३ वटा शाखाहरुमा विभिन्न सामाजिक हितका कार्यक्रमहरु आयोजना गरेको छ । ‘एक शाखा एक वृक्ष, हाम्रो जिम्मेवारी’ भन्ने मुल नाराका साथ हरेक शाखामा वृक्षारोपण कार्यक्रम आयोजना गरिएको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बैंकले रक्त्तदान नै जिवनदान भन्ने नारालाई सार्थक बनाउदै रगतको आवश्यकता र अभावलाई केहि हदसम्म भएपनि पूरा गर्ने उद्देश्यले ३३ वटा शाखाहरुबाट रक्तदान कार्यक्रम संचालन गरेको छ । यसका साथै बैंकले काठमाडौं उपत्यकामा रहेका आफ्ना शाखाहरुका कर्मचारीहरुको सहभागितामा वित्तीय साक्षरताका निम्ति दरबारमार्गबाट भोटाहिटी, इन्द्रचोक, बसन्तपूर, न्यूरोड गेट, महाकाल, रत्नपार्क, जमल हुँदै पुनः दरबारमार्गसम्म प्रभातफेरी गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देबकोटाले वार्षिकोत्सव कार्यक्रममा शुभकामना दिँदै ग्राहकवर्ग, शुभचिन्तक, नियामक निकाय एवं सेयरधनीहरुको विश्वास, स्नेह, सद्भाव र मार्गनिर्देशनको लागि हार्दिक कृतज्ञता व्यक्त गरेका थिए भने ग्राहकको सन्तुष्टि र संस्थागत सुशासन आत्मसाथ गर्दै भविष्यमा अझ सरल, सहज र विश्वसनीय बैंकिङ सेवाको पहुँच सारा नेपाली जनतामा पुर्‍याउने प्रतिवद्धतासमेत व्यक्त गरे ।

You might also like

Comments are closed.