काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत मानव सेवा आश्रम र शैक्षिक संस्थालाई सहयोगका कार्यक्रमहरु सम्पन्न भएका छन् ।
“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्षदेखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको बैंकको भाटभटेनी शाखाले खुला आकाशमुनी कष्टपुर्ण जीवन व्यतीत गर्न बाध्य अनाथ, अपांङ, अशक्त, असाहय र मनोरोगाीहरुलाई सेवा गर्ने मानव सेवा आश्रमलाई विभिन्न औषधीहरु, दैनिक खानाका लागि अत्यावश्यक सामग्रीहरुका साथै विविध सरसफाइका सामग्रीहरु हस्तान्तरण गरेको छ ।
साहारा बिहिन, अशक्त, असाहाय, शारीरिक तथा मानसिक रुपमा कमजोरका लागि खाना, कपडा र बस्ने व्यवस्था गर्दै आएको मानव सेवा आश्रमको दैनिक आवश्यकतामा सहयोग पुर्याउने उद्देश्यले बैंकले उक्त सहयोग प्रदान गरेको हो ।
त्यस्तैगरी बैंकको राजापुर शाखाले राजापुर नगरपालिका वडा नं ४ मा अवस्थित अमर शहीद बहुमुखी क्याम्पसलाई खानेपानीको फिल्टर हस्तान्तरण गरेको छ । क्याम्पसमा हाल ८ सय विद्यार्थाी अध्ययनरत छन् ।
वर्षेनी विद्यार्थीको संख्या बढ्दै जाँदा खानेपानी व्यवस्थापनमा उत्पन्न समस्या समाधानका लागि बैंकले खानेपानीका फिल्टर प्रदान गरेको हो ।
आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्ने बैंकले जनाएको छ ।
Comments are closed.