महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका सेवामा विशेष छुट

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, र होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थाहरुसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता गरेको छ ।

सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

कोटेश्वरमा रहेको सुर्य जनसेवम हेल्थकेयर प्रा.लिका सेवामा बिशेष छुट, गैडहवा ६ सुर्यपुरामा रहेको सुर्यपुरा पोलिक्लिनिकका विभिन्न सेवामा , काठमाडौंको न्युरोडमा रहेको कर्नर पोइन्ट रेष्टुरेन्ट एण्ड बारमा फुड तथा वेभरेजमा १० प्रतिशत छुट, इरिभोल्भिङ इण्डियन कुसन रेष्टुरेन्टमा फुड तथा वेभरेजनमा १० प्रतिशत छुट तगा गंगा जमुना युनिसेक्स सलोनमा हेयर कटिङ तथा अन्य सेवामा १० प्रतिशत छुट पाउनेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्ष।तकार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

 

You might also like

Comments are closed.

Secret Link