महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थाहरुसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता गरेको छ ।
सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।
हेटौंडामा रहेको भुङ्ग्रो थकालीमा खाना तथा पेय पदार्थमा १० प्रतिशत छुट, न्युरोड कामठमाडौमा रहेको उन्जल ज्ेलर्स प्रा.लिमा सुनको गहना बनाउदाँ ज्यालामा ४० प्रतिशत छुट, भैरहवामा रहेको गाँउले चुलो भैरहवा प्रा.लिमा खाना तथा स्न्याक्समा १० प्रतिशत छुट, महाराजगंज काठमाडौंमा रहेको एजुलस डाइग्नोष्टिक नेपाल प्रा.लिमा परीक्षणमा १५ प्रतिशत छुट पाउने छन् ।
त्यसैगरि हेटौंडामा रहेको पल्पसा प्याराडाइज होम प्रा.लिमा खाना तथा पेयपदार्थमा १० प्रतिशतर रुम चार्जमा १५ प्रतिशत छुट पाउने छन् । सुन्धारामा रहेको एक्सप्रेस म्याग्दी होटल पा.लिमा सवै हस्पिटालिटी सर्भिसमा १० प्रतिशत छुट, हेटौंडामा रहेको क्बिक ट्वान्टी हाउस होटलमा खाना तथा पेय पदार्थमा १० प्रतिशत र रुम सर्भिसमा १५ प्रतिशत तथा हेटौंडामा रहेको हिमालयन स्विट तथा बेकरीमा बेकरी, स्विस्ट् र रेष्टुरेन्ट आइटममा बिशेष छुट पाउने छन् ।
यस किसिमको सहकार्यबाट बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्ष।तकार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।
Comments are closed.