काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडकोे हालै सम्पन्न २४ औं वार्षिक साधारण सभाबाट नवनिर्वाचित संचालक समितिबाट अध्यक्षमा चयन भएका राजेश उपाध्यायले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।
उपाध्यायले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १२७ बमोजिम बुधबार नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बम बहादुर मिश्र समक्ष पद तथा गोपनियताको सपथ लिएका हुन् ।
सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक र वित्तीय सस्ंथा सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक लगायतका अन्य पदाधिकारीको उपस्थिति थियो ।



Comments are closed.