महालक्ष्मी लाइफ इन्सुरेन्सको ३२ लाख ९० हजार कित्ता संस्थापक सेयर लिलामी खुला

काठमाडौं । महालक्ष्मी लाइफ इन्सुरेन्स कम्पनीको ३२ लाख ९० हजार कित्ता संस्थापक सेयर लिलामी खुला भएको छ । कम्पनीले असार १९ आइतबारदेखि ३२ लाख ९० हजार कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको हो ।

यसअघि साविकका संस्थापकहरूबाट ५० प्रतिशत सेयर खरीदका लागि आवेदन माग गरेकोमा आवेदन नपरेपछि सर्वसाधारणमा जारी गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम भाउ १०० रुपैयाँ तोकेको छ । तसर्थ, लगानीकर्ताले १०० रुपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी लिलामीको बोलपत्र पेश गर्नुपर्नेछ । न्यूनतम १० हजार कित्तादेखि अधिकतम ३१ लाख ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।

jutta mela

बोलपत्र पेश गर्ने अन्तिम म्याद असार २४ गते अपरान्ह ३ बजेसम्म तोकिएको छ । कम्पनीले आवेदन गर्ने मिति असार २६ अपरान्ह ४ बजेसम्म तोकेको छ । इच्छुक व्यक्ति, कम्पनी तथा संघसंस्थाले पनि आवेदन यसमा दिन सक्नेछन् ।

लगानीकर्ताले कम्पनीको प्रधान कार्यालय, कमलपोखरी काठमाडौंमा पुग्नेगरी गोप्य शिलबन्दी बोलपत्र बुझाउन सक्नेछन् ।

 

 

You might also like

Comments are closed.