पोखरा । महिला क्लब पोखराको सातौं साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले पुनः मिना आचार्यको अध्यक्षतामा ११ सदस्य नयाँ समिति चयन गरेको छ । जसमा प्रथम उपाध्यक्षमा कमला खनाल, द्वितीय उपाध्यक्षमा सुनिता बराल, सचिवमा सृजना सापकोटा, सहसचिवमा निर्मला बराल, कोषाध्यक्षमा लिला बराल, सदस्यहरुमा ईश्वरी बास्तोला, अम्बिका पौडेल, इन्दिरा सापकोटा, सावित्री लामिछाने र एलिना बराल चयन भएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगर पालिकाका वडा नं. ७ का वडा अध्यक्ष राममोहन आचार्यले वडा नं. ७ मा रहेका सम्पूर्ण सामाजिक संस्थालाई सकृय बन्न आग्रह गरे । उनले महिला क्लबले स्थापना कालदेखि नै सामाजिक कार्यमार्फत आफुलाई समाजमा स्थापित संस्थाको रुपमा परिचित गराउन सफल भएको बताउदै नयाँ कार्यसमितिले सामाजिक कार्यलाई थप फराकिलो बनाउदै महानगरभित्रकै उत्कृष्ट संस्था होस भन्ने शुभकामना दिए ।
कार्यक्रममा पोखरा ७ का वडा सदस्य अर्जुन थापा, सुनिता सुनार, महिला क्लब पोखराका सल्लाहाकार सविता बराल, श्रीकृष्ण मा.वि व्यवस्थापन समितिका अध्यक्ष पुरुषोत्तम रेग्मी, नेपाली कांग्रेस पोखरा ७ इकाइ सभापति नविन बराल, महिला विकासका लागि आमा समुहका अध्यक्ष मनमाया बराललगायतले शुभकामना व्यक्त गरे ।
कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष विष्णुमाया बराल, संस्थापक सदस्य भवानी बराल, महिला क्लबलाई आर्थिक सहयोग गरे वापत सावित्री आचार्य र महिला सशक्तिकरण अभियानका प्रेरणाका स्रोत जेष्ठ नागरिक कमला बराललाई सम्मान गरिएको छ । कार्यक्रमकै बिच संस्थाका सल्लाहकार सविता बरालले आफ्नी फुपु सासु पद्मकला सापकोटाको स्मृतिमा शैक्षिक अक्षयकोष वापत २५ हजार ५ सय पाँच रुपैयाँ सहयोग गरिन् । मिना आचार्यको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत कमला खनालले गरेकी थिइन् । कार्यक्रमको संचालन सुनिता बरालले गरेकी थिइन ।
Comments are closed.