महिन्द्राले एक महिनामै बिक्री गर्यो ७१ हजार ६२४ युनिट कार

काठमाडौं । महिन्द्राले अहिलेसम्मै धेरै गाडी बिक्री गर्न सफल भएको छ । कम्पनीले एक महिनामै २०२५ अक्टोबरमा ७१ हजार ६२४ युनिट कार होलसेल बिक्री गरेको हो ।

भारतीय बजारमा महिन्द्राले अहिलेसम्मकै धेरै संख्यामा मासिक बिक्री भेट्टाएको छ । महिन्द्राको इतिहासमै यो एक महिनामा गरेको सबैभन्दा धेरै बिक्री हो । भारतीय एसयूभी एक्सपर्ट नामले चिनिने महिन्द्राले आफ्नो बिक्री अघिल्लो वर्षको अक्टोबरको तुलनामा झण्डै ३२ प्रतिशतले बढाएको हो ।

महिन्द्राले बिक्री गर्दै आएको स्कर्पियो, बोलेरो, एक्सयूभी ७००, एसयूभी थ्रीएक्सओ लगायतका मोडल निकै चर्चित छन् । महिन्द्राले केही महिना अगाडि बजारमा उतारेको इलेक्ट्रीक मोडलहरू एक्सईभी ९ ई र बीई सिक्सले पनि निकै राम्रो बिक्री पाउँदै आएको छ । नेपालमा पनि महिन्द्राको स्कर्पियो, बोलेरो लगायतका मोडल चर्चित छन् ।

 

You might also like

Comments are closed.