महिन्द्राको एक्सयुभी ४०० इभि गाडी बजारमा

काठमाडाैं । महिन्द्राले आफ्नो पहिलो इलेक्ट्रिक कार एक्सयुभी ४०० इभि लन्च गरेको छ । यो इलेक्ट्रिक कारको अन्तर्राष्ट्रिय बजार मूल्य २५.५८ लाख रुपैयाँ बाट सुरु भएर ३०.३८ लाख रुपैयाँ एक्स-शोरुम सम्म पुग्छ ।

यो मुल्यमा नेपाल सरकारको भन्सार , कर आदि जोडिएको छैन । महिन्द्राले यो मूल्य सुरुको ५ हजार युनिटको बुकिङसम्म मात्र मान्य हुने बताएको छ। त्यसपछि यसको मूल्य बढ्न सक्छ। कम्पनीले यो गाडि XUV400 EL र XUV400 EC गरी दुई भेरियन्टमा उतारेको छ । भारतमा यो इलेक्ट्रिक कारको बुकिङ जनवरी २६ देखि सुरु हुँदैछ भने, डेलिभर मार्चमा हुनेछ ।

महिन्द्रा XUV400 EV मा 34.5kWh र 39.4kWh को दुईवटा ब्याट्री प्याक दिइएको छ। यसले 150hp पावर तथा 310Nm टर्क उत्पन्न गर्दछ । XUV400 EV ले ८.३ सेकेन्डमा ०-१०० किमी प्रति घण्टाको गति लिन सक्नेछ । यो गाडिको टप स्पीड १५० किमी प्रतिघण्टाको भएको कम्पनीको दाबी छ । यसमा फन, फास्ट र फियरलेस गरी तीनवटा ड्राइभिङ मोड छन् । XUV400 EV ले 34.5kWh ब्याट्रीका साथ 375km र 39.4kWh का साथ 456km को दायरा प्रदान गर्नेछ ।

jutta mela

फीचर्स : महिन्द्रा XUV400 EV मा ७.० इन्चको टचस्क्रिन, सिंगल-पेन सनरुफ, ओभर-द-एयर (ओटीए) हरूसँग जोडिएको कार टेक्नोलोजी, अटो हेडल्याम्प, स्मार्टवाच कनेक्टिभिटी, छालाको सिट, उचाइ-समायोज्य ड्राइभर सिट, रियर वाइपर तथा वाशर सुविधाहरू छन् । यसमा फ्रन्ट आर्मरेस्ट सहितको स्टोरेज, रियर आर्मरेस्ट सहितको स्टोरेज, ६ वटा एयरब्याग, अल राउण्ड डिस्क ब्रेक र आईएसओफिक्स चाइल्ड सिट एन्कोरेज पनि उपलब्ध हुन्छ ।

कलर अप्शन : महिन्द्रा XUV400 EV पाँच रङमा उपलब्ध हुनेछ, जसमा आर्कटिक निलो, एभरेष्ट ह्वाइट, ग्यालेक्सी ग्रे, नेपोली ब्ल्याक तथा इन्फिनिटी ब्लू जस्ता साटन कपरको डुअल टोन विकल्प समावेश हुनेछ। यो इलेक्ट्रिक कारले बजारमा टाटा नेक्सन ईभी, हुन्डाई कोना ईभी तथा एमजी जेडएस ईभीसँग प्रतिस्पर्धा गर्नेछ।

You might also like

Comments are closed.