देशैभर फागुन १८ देखि २५ गतेसम्म महिन्द्रा केयर फेस्ट आयोजना हुँदै

काठमाडौं । महिन्द्रा फोरव्हीलरको नेपालका लागि एकमात्र अधिकृत बिक्रेता अग्नि ग्रुपको सहायक कम्पनी बालाजु अटो वर्कस प्रालिले देशैभर महिन्द्रा केयर फेस्ट आयोजना गर्ने भएको छ । आउँदो १८ देखि २३ गतेसम्म महिन्द्रा केयर फेस्ट आयोजना गर्न लागिएको हो ।

यस ४५–पोईन्ट फ्री चेकअप क्याम्पमा फ्रि लेबर चार्ज, फ्रि वाशिंग, फ्रि हेल्थ चेकअप,Maximile लुब्रिकेन्ट्समा १० प्रतिशत छुट, स्पेयर पार्टसमा ५० प्रतिशत सम्मको छुट, १० प्रतिशत विस्तारित छुट कुपनका साथै अन्य उपहारको पनि लाभ लिन सकिनेछ । महिन्द्राका ग्राहकले नेपाल अधिराज्यभरी रहेका महिन्द्राका आधिकारिक सर्भिस सेन्टरमा गएर यस केयर फेस्टमा सहभागी हुन सक्नेछन् ।

महिन्द्राले आफ्ना सेवाग्राहीलाई थप सेवा सुविधा प्रदान गर्ने उद्देश्यका साथ हरेक वर्ष आयोजना गर्दै आइरहेको केयर फेस्टमा यस पटक पनि अघिल्ला वर्षमाझैँ ग्राहकको उल्लासमय सहभागिता रहने अपेक्षा गरिएको छ । अग्नि ग्रुपको सहायक कम्पनी अग्नि आस्था प्रालीले यसै केयर फेस्टमा महिन्द्राका कुनै पनि गाडी खरिद तथा बिक्रि वा एक्सचेन्ज गर्ने सुबिधा पनि ल्याएको छ ।

महिन्द्राका सर्टिफाइड Pre–Onwed गाडी खरिद गर्नु परेमा आकर्षक अफर पनि ल्याएको छ । यो सेवा काठमाडौं, भैरहवा, इटहरी, पोखरा र चितवनमा उपलब्ध छ । साथै, ग्राहकले केयर फेस्टमा सर्भिस बुक गर्न वा थप जानकारीका लागि टोल फ्रि नम्बरहरुः १६६००–१००–२०० (नेपाल टेलिकम) र ९८०१५७१२१२ (एनसेल) मा सम्पर्क गर्न सकिनेछ ।

You might also like

Comments are closed.