काठमाडौं । महिन्द्राको नयाँ मोडल ‘एक्सईभी–९ एस’ सार्वजनिक हुने भएको छ । आउँदो नोभेम्बर २७ तारिकमा नयाँ इलेक्ट्रीक मोडल देखाउने कम्पानीले जनाएको छ ।
कम्पनीले ल्याउन लागेको नयाँ इलेक्ट्रीक एसयूभी ७ सिट क्षमताको हुनेछ । महिन्द्राको डेडिकेटेड इलेक्ट्रीक प्लेटफर्म ‘इनग्लो’मा बनको नयाँ एसयूभी बेङलुरुमा आयोजना हुने ‘स्कृम इलेक्ट्रीक’ कार्यक्रममा सार्वजनिक हुनेछ ।
महिन्द्राले एक टिजर भिडियो सार्वजनिक गर्दै नयाँ ७ सिटे एसयूभीको नाम ‘एक्सईभी–९ एस’ हुने जानकारी दिएको हो । भारतीय बजारमै उत्पादन हुने पहिलो इलेक्ट्रीक ६ सिट क्षमताको एसयूभीको रुपमा एक्सईभी–९ एस मोडल आउन लागेको छ ।
महिन्द्राले आफ्नो नयाँ सिरिजका एसयूभी बीइ सिक्स र एक्सईभी–९ ई बजारमा ल्याएको ठ्याक्कै एक वर्षपछि नयाँ मोडल बजारमा ल्याउन लागेको हो । महिन्द्राको नयाँ ७ सिटे एसयूभी यसअघि आएको एक्सईभी–९ ई जस्तो कुपे डिजाइनमा नभएर परम्परागत एसयूभीको आकारमा छ । यसमा केही ‘स्लोपी रुफ’ भने देखिन्छ ।
महिन्द्राले नयाँ ल्याउन लागेको एसयूभी पावर, प्रेजेन्स र इलेक्ट्रीक पर्फमेन्सको प्याकेज हुने कम्पनीको दावी छ । महिन्द्राको नयाँ एसयूभी यसअघि बजारमा रहेको ‘एक्सयूभी–७००’ कै डिजाइनमा छ । तर, यसको फ्रन्ट फेसिया भने एक्सईभी–९ ई बाटै प्रभावित देखिन्छ ।महिन्द्राले नयाँ इलेक्ट्रीक एसयूभीको ड्यासबोर्डमा ३ वटा १२.३ इन्चको स्कृन प्रयोग गरेको छ ।
साथै, इलुमिनेटेड लोगो सहितको नयाँ एजको स्टेरिङ ह्वील पाउन सकिने छ । डिजिटल कि, प्यानारोमिक सनरुफ, एम्बियन्ट लाइट, डिउल जोन क्लाइमेट कन्ट्रोल, डेडिकेटेड सेकेण्ड एण्ड थर्डरो एसी भेन्ट उपलब्ध एसयूभीमा मोर्डन फिचरको कमी हुन दिइएको छैन ।
महिन्द्राले १६०० वाटको हर्मन कार्डनको प्रिमियम अडियो सिस्टम दिएको एसयूभीमा ब्याट्री भने ५९ र ७९ किलोवाट आवरको रहनेछ । मोटर पावरको विषयमा भने कुनै जानकारी बाहिर आएको छैन ।









Comments are closed.