सञ्चार तथा प्रविधि मन्त्रीमा माओवादीबाट रेखा शर्मा

काठमाडौ । नेकपा माओवादी केन्द्रले सरकारमा सहभागी हुनेको नाम टुङ्गो लगाएको छ । माओवादीबाट रेखा शर्मा सञ्चार मन्त्री हुने भएकी छन् ।

सुदन किराँती र अमनलाल मोदी मन्त्री तथा सुशीला श्रीपाली राज्यमन्त्री बन्ने टुङ्गो भएको केन्द्रीय सदस्य मनोहरि तिमिल्सिनाले जानकारी दिए।

किराँती संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र मोदी सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीका रुपमा शपथ लिने उनले जानकारी दिए। श्रीपालीलाई पर्यटन राज्यमन्त्री तोकिएको छ ।

You might also like

Comments are closed.