काठमाडौं । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा म्याक लुब्रिकेन्ट्सले “एक्सेलेरेट एक्सन : हर डे , हर वे” नामक शीर्षकमा महिला राइडर्सको भेटघाट र र्याली कार्यक्रमको आयोजना गरेको छ । सिप्रदी ट्रेडिङको थापाथली कार्यालयबाट सुरु भएर ललितपुरको सातदोबाटोमा रहेको स्वीमिङ कम्प्लेक्समा पुगेर सम्पन्न भएको छ । सिप्रदी ट्रेडिंग भारत पेट्रोलियमद्वारा उत्पादित म्याक लुब्रिकेन्ट्सको नेपालको लागि एकमात्र अधिकारिक बिक्रेता हो ।
सिप्रदी ट्रेडिङका सीईओ राजनबाबु श्रेष्ठ, सीओओ राजेशप्रसाद गिरी, उपाध्यक्ष सौरवराज थपलिया, ल्युब डिपार्टमेन्ट प्रमुख दिनेश केसी र भारत पेट्रोलियमका कन्ट्री हेड मिहिरज्योति दत्ताले झण्डा फहराएर राइडर्स र्यालीको संयुक्त रुपमा उद्घाटन गरेका हुन् । र्यालीमा सुरक्षा केसी र वर्षा बस्नेत जस्ता लोकप्रिय इन्फ्लुन्सर तथा राइडर्स लगायत विभिन्न क्षेत्रका उर्जावान महिलाको सहभागिता थियो । सहभागी राइडर्स र खेलका (र्याली कार्यक्रमको दौरान आयोजित) विजेतालाई प्रमाणपत्र वितरण गरिएको छ ।
युवा महिला राइडर्सलाई जीवनमा अगाडि बढ्न रोचक ढंगले प्रेरणा दिई फोरटी स्कुटेक एनएक्सटी र फोरटी एनएक्सटी जस्ता म्याक ब्राण्डका उच्च गुणस्तरयुक्त उत्पादनबारे ग्राहक लाई सचेतना बढाउन कार्यक्रम आयोजना गरिएको हो । फोरटी स्कुटेक एनएक्सटीके कम घर्षणको साथ सहज एक्सेलेरेशन, कम इन्धन खपत जस्ता सुविधाको प्रत्याभूति गर्दछ । यसले इन्जिनलाइ सफा राखी क्षयीकरणबाट पनि रक्षा गर्दछ ।
यसैगरी, फोरटी एनएक्सटीले एयर–कुल्ड इन्जिनलाई उच्च तापक्रममा सुरक्षित राखी गियर परिवर्तनको कार्यलाई सजिलो र छरितो बनाउन मद्धत गर्छ । यतिमात्र होइन यस उत्पादनले क्लचको समस्यालाई निराकरण गरी इन्जिनलाई क्षयीकरणबाट जोगाउँछ ।
Comments are closed.