मंसिर दोस्रो साता ३० हजार मेट्रिक टन रासायनिक मल आउदै

काठमाडौं । मंसिर दोस्रो साता ३० हजार मेट्रिक टन रासायनिक मल नेपाल आउने भएको छ। नेपाल-भारत सरकारी स्तरमा भएको सम्झौताअनुसार उक्त मल आउन लागेको हो ।

उक्त मल खरिदका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तीन अर्ब २६ करोड रुपैयाँ पठाइसकेको जनाएको छ।

गत वर्ष फागुनमा सम्पन्न जीटुजी खरिद सम्झौताअनुसार यो वर्ष १ लाख मेट्रिक टन युरिया र ५० हजार टन डिएपी नेपालले खरिद गर्न पाउने छ।सम्झौता भएको १० महिनापछि बल्ल २० प्रतिशत मल नेपाल आयात हुन लागेको हो।

जीटुजीमार्फत दोस्रो वर्षमा एक लाख ७० हजार मेट्रिक टन, तेस्रो वर्षमा एक लाख ९५ हजार मेट्रिक टन, चौथो तथा पाँचौँ वर्षमा दुई लाख १० हजार मेट्रिक टन रासायनिक मल उपलब्ध गराउने सम्झौता भएको थियो।

You might also like

Comments are closed.

Secret Link