पोखरा,।मानवसेवा आश्रम शाखा कार्यालय कास्की पोखराको भवन निर्माण तथा बेसहाराकालागि कोष निर्माण सहयोगार्थ यही माघ २० गतेदेखि २७ गतेसम्मआश्रमको भवन निर्माणस्थल हेम्जास्थित बाबियातारामा बृहत महायज्ञ हुने भएको छ ।
जन्मिएर सामान्य मानवअधिकार प्राप्त गर्न नसकी , सडकपेटी एवं सार्वजनिक स्थलहरुमा अत्यन्त कष्टपुर्ण जीवनयापन गरिरहेका र आफ्ना लागि आफैँले केही गर्न नसक्ने अवस्थाका मानवको उद्धार, पालन पोषण र संरक्षण गर्दै आएको मानवसेवा आश्रमकोभवननिमार्ण एवं अक्षयकोष स्थापनार्थ उक्त महायज्ञ गर्न लागेको केन्द्रिय कोषाध्यक्ष तथा महायज्ञ संयोजक होमनाथ तिमिल्सिनाले जानकारी दिए ।
उनीहरुको सेवामा नम७त्रगयतसना काम गर्दै आएको आश्रसमको भवन निर्माणका लागि आर्थिक जोहोका साथै उनीहरुको पालन पोषणका लागि कोष निर्माण गर्नजरुरी भएपछि पोखरामा ७नतसीमद् भागवत् ज्ञानविज्ञान महायज्ञ–२०७९ गर्नलागिएको तिमिल्सिनाले बताए।
महायज्ञमा भागवत भाष्कर कमलनयन गौतम्ले कथावाचन गर्ने भएका छन् ।
मानवसेवा आश्रम विगत एक दशकदेखि सामान्य अभिभावकत्वसमेत नपाई जीवन नै जोखिममा रहेका, सहयोगापेक्षी (बेसहारा, अशक्त, असहाय, अभिभावकविहिन) सडक मानवहरुको मानवोचित व्यवस्थापनका साथै औषधोपचार र जीवन रक्षाका लागि सेवा गर्दै आएको संस्था हो । यसरी आश्रसमले संरक्षणमा रहेकाव्यक्तिहरुलाई औषधोपचारपछि परिवार पहिचान भएमा पुन ःमिलनसमेत
गराउँदै आएको छ ।
Comments are closed.