मनकामना केबलकार मर्मतको पहिलो चरण सम्पन्न, सेवा भोलिबाट पुनः सुचारु हुने

 

काठमाडौं । स्तरोन्नतिका लागि बन्द रहेको मनकामना केबलकार भदौ २५ गतेबाट सञ्चालनमा आउने भएको छ । केबलकारको पहिलो चरणको मर्मतका लागि साउन २३ गतेदेखि बन्द गरिएको थियो ।

पहिलो चरणको निर्माण कार्य प्रक्षेपण गरिएको समय भन्दा एक साता अगाडि नै सम्पन्न गरी भदौ २५ (सेप्टेम्बर १०)बाट सञ्चालनमा आउने निर्देशक राजेशबाबु श्रेष्ठले जानकारी दिए ।

केबलकारको मर्मतका लागि अष्ट्रियाबाट प्राविधिकहरुको टोली नेपाल आएका छन् । गोरखाको मनकामनास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीको सहजताका लागि मनकामना दर्शन प्रालिले २०५५ साल मङ्सिरबाट सञ्चालनमा ल्याएको मनकामना केबलकार तीन चरणमा स्तरोन्नति गरिँदैछ ।

lcci
You might also like

Comments are closed.