मनकामना केबलकार २५ औं वर्षमा प्रवेश

काठमाडौं । नेपालकै पहिलो मनकामना केबलकारको संचालन २४ औं वर्ष पुरा गरी २५ औं वर्षमा सफलतापूर्वक प्रवेश गरेको छ । यस केबुलकारको स्थापनाकाल २०५५ साल मंसिर ८ गतेदेखि केबुलकारको नियमित संचालन गरी हालसम्म करीब १ करोड ७० लाख यात्रु तथा भक्तजनहरूलाई स्तरीय केबुलकार सेवा प्रदान गरी सकेको कम्पनीले जनाएको छ ।

केबुलकारको नियमित संचालन पश्चात् मनकामना क्षेत्र र यस आसपासका क्षेत्रहरु एक प्रमुख पर्यटकीय गन्तब्यका रुपमा स्थापित भई यस क्षेत्रको व्यापार व्यवशायहरुमा उल्लेख्य वृद्धि भई समुन्नत विकास भई विश्व सामु समेत मनकामनाको प्रचार प्रसार भएको छ ।

साथै यस केबुलकारका संस्थापक स्व= लक्ष्मण बाबुु श्रेष्ठप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण एवं स्मरण गर्दै उनको महान् सोच अनुरुप केबुलकारले आप्mनो व्यवशाय आम्दानीको केही हिस्सा सामाजिक कार्यमा खर्चिने सोचका साथमा अघि बढेको कम्पनीले जनाएको छ । व्यावशायिक सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक, धार्मिक, शिक्षा जस्ता आदि कार्यमा सहयोग पु¥याउंदै आएको र स्व. लक्ष्मण बाबु श्रेष्ठकै मार्ग निर्देशन बमोजिम भविष्यमा पनि यस कम्पनी सदैव लागि रहने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

jutta mela

यसै अनुरुप बिगत लामो समय देखि केबुलकार अवस्थित चितवनको ईच्छाकामना गाउँपालिका र गोरखाको शहिद लखन गाउंपालिकामा प्रत्येकलाई कूल आम्दानीको १.१ प्रतिशत रकम व्यावशायिक सामाजिक उत्तरदायित्व अनुसार शिक्षा, स्वास्थ्य, धार्मिक, मठ, मन्दिरको जिर्णोद्धार लगायत विकास निर्माणका कार्य आदिमा खर्चिंदै आएका कम्पनीले दावी गरेको छ । साथै भूकम्प तथा कोभिड जस्ता प्राकृतिक तथा अन्य विपत्तका समयमा राहत वितरण तथा सहयोग गर्दै आएको समेत कम्पनीले बताएको छ ।

साथै मनकामना केबुलकार विद्यमान Analogue  प्रविधिबाट Doppelmayr को D-Connect  Digital प्रविधिमा स्तरोन्नति हुंदै गरेको छ । प्रथम चरणको कार्य सम्पन्न भई २५ औं वार्षिक उत्सवको अवसरमा पूर्ण रुपले Digital प्रणालीमा रुपान्तरण गरी देशकै पहिलो डिजिटल केबुलकार प्रणाली भएको छ ।

यसै वार्षिकोत्सवको उपलक्ष्यमा यसै समूहको भातृ कम्पनी रिसोर्टस् बाई मनकामना केवल कार प्रा. लि.ले मनकामनामा ४० कोठा युक्त सुविधा सम्पन्न होटल तथा रिसोर्टको निर्माण थालनी गरेको छ । । यसको लागत करिब ४८ करोड रुपैयाँ अनुमानित गरिएको छ ।

You might also like

Comments are closed.