मनकामना स्मार्ट लघुवित्तले ४.७५ प्रतिशत बोनस सेयर दिने

काठमाडौं ।  मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले ४.७५ प्रतिशत  बोनस सेयर वितरण गर्ने भएको छ ।

सोमबार बसेको कम्पनीको संचालक समितिको बैंठकले हाल कायम चक्ता पूँजीको ४.७५ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय प्रस्ताव गरेको हो ।

उक्त बैठकले आव २०७८।७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको ४.७५ बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद सहित ५ प्रतिशत लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी १४ करोड १७ लाख ४५ हजार ५ सय रुपियाँ रहेको छ ।

उक्त लाभांस प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुलाई वितरण गरिनेछ ।

You might also like

Comments are closed.