मनाङमा निर्वाचनको दिनमा पर्यटकले प्रवेश पाउने

काठमाडौं । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि हिमाली जिल्ला मनाङमा बाह्य पर्यटकले प्रवेश पाउने भएका छन् ।

निश्चित समय तोकिएर नेपाल भ्रमणमा आएका विदेशी पर्यटकलाई सहज बनाउने उद्देश्यले प्रवेश खुला गरिएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ ।

पर्यटन बोर्डबाट भ्रमणको आधिकारिक अनुमतिपत्र लिएर आएका पर्यटकलाई मनाङमा प्रवेश दिइने प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिए ।

jutta mela

पर्यटन बोर्डबाट रोडपरमिट लिएर आएका पर्यटकले प्रवेश पाउने उनले बताए ।“पर्यटक आउने अनुकूल समय भएकाले नेपाल सरकारले नै पर्यटकलाई प्रवेश दिन सर्कुलर गरेको छ । सोहीबमोजिम मौन अवधिमा सवारीमार्फत पर्यटक मनाङ आउन सक्नेछन् । तर निर्वाचनको दिनमा सवारी सञ्चालनमा रोक लगाइएको छ । पैदलयात्रामा आउने पर्यटकले निर्वाचनकै दिनमा पनि प्रवेश पाउनेछन्”, आचार्यले भने ।

पर्यटक विशेषगरी सबैभन्दा उच्च स्थानमा रहेको तिलिचो ताल (४९१९ मिटर) पुग्न आउने गरेका छन् । विदेशी पर्यटक विशेषगरी अन्नपूर्ण पदमार्गको यात्रामार्फत तिलिचो ताल पुग्ने गर्दछन् ।

विदेशी पर्यटक हिमालको काखमा पुगेर मनोरञ्जन लिनुका साथै हिमाल आरोहण गर्न आउने गर्दछन् । थोराङ्ला पास, तिलिचो ताललगायतका स्थानको भ्रमण तथा अवलोकनका लागि पर्यटक मनाङ आउने गर्दछन् ।

You might also like

Comments are closed.