मनास्लु वर्ल्ड कलेजले विद्यार्थी र अभिभावकको मन जितेको छ : अध्यक्ष गेन्द्र लामा

थुप्रै कलेजहरुकाबीच छोटो समयमा धेरैको मन जित्न सफल कलेज हो, मनास्लु वर्ल्ड कलेज । बिगत लामो समयदेखि शैक्षिक तथा व्यावसायिक क्षेत्रमा आबद्ध अनुभवी व्यक्तिहरुको टिमले कलेज सञ्चालन गरिरहेको छ । स्थापनाको छोटो समयमा नै कलेज धेरै विद्यार्थी तथा अभिभावकको रोजाइमा पर्न सफल छ । कलेजको शैक्षिक अवस्था, सफलता तथा चुनौतिलगायत समसामयिक विषयमा कलेजका अध्यक्ष गेन्द्र लामासँग आर्थिक आवाजका लागि मीरा साउदले गरेको कुराकानी :

मनास्लु वर्ल्ड कलेजमा विद्यार्थीको आकर्षण कस्तो छ ?

मनास्लु वल्र्ड कलेजले पछिल्लो समय निकै चर्चा बटुल्दै गएको छ । चर्चा मात्रै होइन मनास्लु वल्र्ड कलेजले प्रोभाइड गरेको क्वालिटी एजुकेशनको कारणले अहिले अधिकांश विद्यार्थी र अभिभावकले मनास्लु वर्ल्ड कलेज रोज्ने गरेका छन् । आफ्ना नानीबाबूलाई पढायो भने तथा यो कलेजमा मैले पढ्न पाएँ भने मेरो भविष्य सुन्दर बन्छ भन्ने आकांक्षा राख्ने धेरै विद्यार्थीहरुले मनास्लु वर्ल्ड कलेजलाई रोज्न थालेका छन् । मनास्लु वर्ल्ड कलेजले अन्य कलेजहरुले भन्दा पृथक तरिकाले अध्यापन गराइरहेको छ । साथै हामीले दिएको क्वालिटी एजुकेशन र अन्य सेवा सुविधाहरुको कारण पनि आज मनास्लु वल्र्ड कलेज धेरै विद्यार्थीको रोजाइ बनेको छ ।

कलेज स्थापना कहिले भयो ?

मनास्लु वर्ल्ड कलेज कोभिड सुरु हुँदै गर्दाखेरि गर्भाधान भएर कोभिडकै बीच सन् २०२० मा स्थापना भएको हो । तथापि छोटो समयमा पनि हामीले हाम्रो तर्फबाट गर्नुपर्ने क्रियाकलापहरु पूर्णरुपमा गरिरहँदा अहिले धेरै भन्दा धेरै अभिभावक र विद्यार्थीहरुको उत्साहजनक सहभागिता भइरहेको छ । लामो समयको तयारीपछि हामीले राम्रो व्यवस्थापन र प्रध्यापन टिमसहित कलेज स्थापना गरेर सञ्चालन गरिरहेका छौं ।

कोभिडले सबै क्षेत्र ठप्प भएको समयमा कलेजको स्थापना भयोे । यही समयमा कलेज स्थापना गर्ने सोच कसरी आयो ? अप्ठ्यारो त पक्कै पनि भयो होला ?

मनास्लु वर्ल्ड कलेज स्थापना गर्दा च्यालेन्जहरु धेरै नै थिए । तर, कोभिडकै बेला कलेज खोल्ने भनेर हामीले योजना बनाएको होइन । त्यो त संयोगवस कोभिडको पेन्डामिकसँग जुध्न पुगेको मात्रै हो । हामीले यो क्षेत्रमा अलि पृथक तरिकाको कलेज स्थापना गर्नुपर्छ भनेर लामो समयदेखि तयारी गरिरहेका थियौं । संयोगवस त्यही समयमा कोभिड संक्रमण फैलियो । जसले गर्दा हामीले धेरै चुनौतीहरुको सामना पनि गर्नुपर्यो । यद्यपि, अहिले हामी ती अप्ठारा चुनौतीका पहाडहरुलाई छिचोल्दै आफ्नो सफल गनतव्यसम्म आइपुग्न सफल पनि भएका छौं ।

अहिले कलेजमा कति विद्यार्थी अध्ययनरत छन् ?

अहिले कक्षा १२ मा ६ सय भन्दाबढी विद्यार्थी अध्ययन गरिरहेका छन् । ३ सय बढी विद्यार्थीहरु ब्याचलरमा र अब कक्षा ११ का लागि भर्ना चलिरहेको छ । कक्षा ११ मा हामीले यही रफ्तारमा विद्यार्थीहरु भर्ना हुँदै जाने हो भने हाम्रो टार्गेट १ हजार पुर्याउने छ । १ हजार विद्यार्थी पुर्याउने हाम्रो टार्गेट पूरा हुन्छ भन्ने हामीले विश्वास लिएका छौं । अहिले धेरै भन्दा धेरै विद्यार्थी अनि अभिभावकहरु कलेजमा भिजिट अनि इन्क्वायरीका लागि आइरहनु भएको छ ।

मनास्लु वर्ल्ड कलेजमा अहिले कुन–कुन विषयको पढाई भइरहेको छ ?

हामीले विशेषगरी साइन्स, म्यानेजमेन्ट, ह्यूमानिटी र ल फ्याकल्टीजहरुमा अध्यापन गराइरहेका छौं ।

मनास्लु वर्ल्ड कलेजले विद्यार्थीहरुको कुन कुरालाई प्राथमिकता दिएर अध्यापन गराउँछ ?

मनास्लु वर्ल्ड कलेजको विशेषता नै के हो भन्दा हामीले विद्यार्थीहरुको रुची के हो ? उनीहरुको इच्छा अनि चाहनाअनुसार टिचिङ, लर्निङ एक्टिभिटिजहरु गराउदछौं । जसले गर्दा धेरै भन्दा धेरै विद्यार्थीहरु खुसी भएको हामीले पाएका छौं ।

विद्यार्थीहरुका लागि कलेजमा अध्ययन गर्ने वातावरण कस्तो छ ?

यहाँको अध्ययनको वातारवण अवश्य पनि एकदमै राम्रो छ । जसका कारण धेरै विद्यार्थीहरु मनास्लुतर्फ आकर्षित भइरहेका छन् । विशेषत् फ्रेन्ड्ली, सर्पोटिभ, हेल्पफुल टिचरहरु हुनुहुन्छ । ‘लर्न वइथ फन’ भन्ने गरिन्छ तर हामीले प्राक्टिकल अप्लाइ गरिराखेका छौं । लर्निङ जोयफुल्ली हुनुपर्यो भन्ने हाम्रो मान्यता छ । ताकि सिकाइ विद्यार्थीहरुले आनन्दसँग सिक्नुपर्यो । कुनै पनि प्रेसर, कुनै पनि दबाबबिना सिक्नुपर्यो । कुनै पनि दबाबबिना स्वतःस्फुर्तरुपमा सिक्ने र सिकाउने प्रक्रिया अगाडि बढाइराखेका छौं । जसले गर्दा यहाँको अध्ययन अध्यापनको वातावरण राम्रो पनि भइरहेको छ ।

कलेजमा पठनपाठन बाहेक विद्यार्थीहरुलाई अन्य कस्ता–कस्ता क्रियाकलापमा सहभागी गराउने गर्नु भएको छ ?

हाम्रो कलेजको मेन थिम पनि त्यही नै हो । हामीले दुइवटा क्याटेगोरी गराएका छौं । कुनै विद्यार्थीले म खाली पढ्छु । पढाइ बाहेक मेरो केही विकल्प छैन । खाली मेरो कन्सन्ट्रेशन भनेको पढाइ मात्रै हो । म पढेर मात्रै आफ्नो करियर बनाउछु भन्नेहरुका लागि एउटा क्याटेगोरी । पढाइ सँगसँगै हामीमा रहेका हिडन ट्यालेन्टहरुबाट पनि म आफ्नो करियर बनाउन चाहन्छु भन्नेहरुका लागि मनास्लु वर्ल्ड कलेज एउटा उत्कृष्ट शैक्षिक संस्थाको रुपमा अगाडि बढिरहेको छ । त्यसैले अहिलेका विद्यार्थीहरुको मर्म र भावनालाई बुझेर कलेजले त्यही किसिमले अध्यापन गराइरहेको छ । त्यस्तै मनास्लु वर्ल्ड कलेजले खेलतर्फ विशेषगरी फुटबल, बास्केट बल, टेवल टेसिन, ब्याडमिन्टनका साथै डान्सिङ र सिंगिङलाई अझ बढी फोकस गरेर हामी अगाडि बढिरहेका छौं ।
छात्रवृत्तिको सुविधा कस्तो छ ?

अवश्य पनि हामीले विद्यार्थीको विभिन्न कुरालाई हेरेर छात्रवृत्तिको पनि सुविधा दिएका छौं । जस्तोः कुनै विद्यार्थीले एसईईमा स्कोर गरिएको जिपिएको आधारमा, हाम्रो इन्ट्रान्स इग्जाममा सेक्योर गरेको नम्बरको आधारमा, विद्यार्थीमा भएको कुनै पनि किसिमको हिडन ट्यालेन्टको आधारमा, विभिन्न दुर्गम भेगबाट आएका विद्यार्थीहरुलाई क्याटागोराइज गराएर कुन विद्यार्थी कुन क्याटेगोरीमा पर्दछ, त्यसको आधारमा हामीले छात्रवृत्तिको व्यवस्था गरेका छौं ।

कलेजको आगामी योजना के–के छन् ?

मनास्लु वर्ल्डकलेज एउटा कर्पोरेट हाउस अन्तर्गत सञ्चालित कलेज हो । अहिले हाम्रो ब्याचलरमा बिबिएस प्रोग्राम चलिरहेको छ । चाँडै नै ब्याचलरका अन्य प्रोग्रामहरु र विद्यार्थीहरुका मागलाई मध्यनजर गर्दै मास्टर्सका अन्य प्रोग्रामहरु पनि हामीले लन्च गर्ने तयारी गरेका छौं ।

मनास्लु वर्ल्ड कलेजमा पढ्न आउन चाहने विद्यार्थीहरुलाई के भन्न चाहनु हुन्छ ?

सबैभन्दा पहिला त भर्खरै माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उतीर्ण हुने सम्पूर्ण विद्यार्थीहरुलाई हार्दिक बधाई । तपाईंहरुले जुन ग्रेड अर्थात् जिपिए पाउनु भएको छ, कसैले राम्रो जिपिए पाउनु भएको छ होला । त्यो विद्यार्थीले म अब साइन्स नै पढ्नु पर्दछ भन्ने मेन्टालिटी नराखौं । अथवा कुनै विद्यार्थीले कम जिपिए पाएको होला मैले अब अन्य विषय पढ्नु पर्छ भन्ने मेन्टालिटी पनि नराखौं । यो भनेको वर्षभरी पढेको एउटा ३ घण्टा परीक्षा दिएर गरिएको इभ्यालुसन मात्रै हो । यसले समग्रमा तपाईको जीवनको डिटरमाइन गर्दैन । तपाईहरु आफूमा के क्षमता छ त्यसलाई मध्यनगर गर्नुपर्यो । त्यससँगसँगै अहिले जतिपनि विद्यार्थीहरुले एसईई पास गर्नु भएको छ उहाँहरुले अब कक्षा ११ मा भर्ना हुन्छु, कस्तो कलेज पढ्छु भन्ने पनि सोचिराख्नु भएको छ होला । त्यसमा केही क्राइटेरियाहरु छन् । जस्तोः कलेजको शैक्षिक वातावरण, त्यहाँको भौतिक वातावरण, कति टाढा छ त्यो पनि हेर्नुपर्यो, त्यहाँ कस्तो टिमले म्यानेजमेन्ट गरेको छ ती कुराहरुलाई पनि अलिकति ध्यान दिनु होला । विशेषत जतिपनि विद्यार्थीहरु उच्च शिक्षामार्फत आफ्नो उज्ज्वल भविष्यको लागि तयारीमा हुनुहुन्छ । यो समयमा धैर्यता नगुमाइ सहि ढंगले अघि बढ्नुहोला । साथै कस्तो कलेज पढ्ने, कुन कलेज पढ्ने भन्ने दुविधामा हुनुहुन्छ भने मनास्लु वल्र्ड कलेज तपाईहरुका लागि एउटा उत्कृष्ट शैक्षिक गन्तव्य बन्न सक्छ । मनास्लु वल्र्ड कलेज पढे पनि नपढे पनि एक पटक भिजिट गर्न आग्रह गर्दछु ।

 

You might also like

Comments are closed.