मनास्लु वर्ल्ड कलेजद्वारा फुटबल प्रशिक्षकमा गौरव बस्नेतलाई अनुबन्धन

काठमाडौं । चाबहिल चुच्चेपाटीमा रहेको  मनास्लु वर्ल्ड कलेजले गौरव बस्नेतलाई फुटबल र फुटसल मुख्य प्रशिक्षकमा अनुबन्धन गरेको छ ।

कलेजले शैक्षिक शत्र देखि फुटबल र फुटसलमा विशेष प्रशिक्षण तथा उत्कृष्ट टिम निर्माण गरी सम्पूर्ण खेलाडि विद्यार्थीहरूलाई विशेष प्राथमिकतामा राखेर नेपाली राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षक गौरव बस्नेतलाई मुख्य प्रशिक्षकको रूपमा अनुबन्धन गरेको हो ।

कलेजले स्थापनाकालदेखी नै विभिन्न विधाका खेलाडिहरूलाई सत प्रतिशत सम्मछात्रवृत्ति प्रदान गरिरहेको छ । कलेजले सम्पूर्ण युवा खेलाडि विद्यार्थीहरुको सर्वाङगिन विकासको लागि कलेजले विशेष कार्यक्रम गर्ने कलेजका प्रिन्सिपल राजन श्रेष्ठले बताए ।

jutta mela

युवालाई विश्व बजारमा खेलकुदका विभिन्न विधाहरूमा प्रतिस्पर्धा गर्न विधागतरूपमा जनशक्ति उत्पादन गर्ने उद्देश्य बोकेको कलेजले विद्यार्थीको प्लस टु अध्ययनको उपयुक्त गन्तव्य बनेको छ । यसै क्रममा मनास्लुले यसै शैक्षिक वर्ष देखि खेलकुद विज्ञान विषयको अध्यापन शुरू गर्ने कलेज प्रशासनले जनाइसकेको छ ।

You might also like

Comments are closed.